नेत्रविहीनलाई शिक्षा दिन पुस्तक र सहयाेग

२ असोज २०७९, सारासन्देश समाचार 
झापा–वयस्क नेत्रविहीनलाई समेत साक्षर बनाउन व्रेन लिपी पुस्तक वितरण गरिएको छ । आदिबासी जनजाति नेत्रहीन संघ झापाले आफ्नो प्रथम बार्षिक अवसरमा दृष्टिविहीन सदस्यको क्षमता अभिबृद्धका लागि व्रेनलिपीका पुस्तक वितरण गरेको संघका अध्यक्ष भोजकुमार तामाङले बताउनु भयो ।
दमककाे किराँत भवनमा अायाेजित कार्याक्रममा संघका ६० जना सदस्यलाई आवश्यक पर्ने र पढ्न चाहानेलाई सेतो छडि र पुस्तक वितरण गरिएको हो । कार्याक्रममा नेत्रविहीनलाई सहयोग पुर्याउने हिमशिखर टेलिभिजनका प्रवन्ध निर्देशक धु्रव न्यौपानेलाई सम्मान समेत गरिएको छ । यस्तै दृष्टिविहीनका लागि संघले स्थापना गरेको अक्षयकोष कन्काई निवासी समाजसेवी शेरबहादुर थापाले ५० हजार सहयोग समेत गरेका छन् ।
कार्याक्रममा स्थानीय सरकारले समेत नीति बनाएर क्षमता विकासमा सहयोग गर्न दृष्टिविहीनहरुले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा बर्षेनी ३ सय धेरैको आत्माहत्याः न्यूनिकरणका लागि सचेतना
Next post Mostbet Yukle Azerbaycan Android APK & iO