सर्पकाे ढसाइबाट झापामा एक महिलाकाे मृत्यु

४ अशाेज २०७९,झापा– झापाको कचनकवलमा विषालु सर्पले डसाइबाट एक बृद्धाको ज्यान गएको छ । कचनकवल गाउँपालिका वडा नम्बर ३ की  डाकुपाडाका ६५ वर्षीया वृद्धा कालघाट्नी राजवंशीको ज्यान गएको हो । पछिल्लाे समय साेही पालिकामा सर्पदंश उपचार केन्द्र संचालनमा अाएकाे छ  । तर बनियानी स्थित सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर नहुँदा राजबंशीकाे ज्यान गएकाे बताइएकाे छ ।
सर्पले डसेर सिकिस्त भएकी राजवंशीलाई छिमेकीले दिउँसो सवा ३ बजे सर्पदंश उपचार केन्द्र ल्याएका थिए ।  उहाँलाई १० भाइल एन्टीस्नेक भेनम दिएपनि स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटर नभएकोले अन्यत्र रेफर गर्नु परेको केन्द्रका प्राविधिक ह्रदय साहले जानकारी दिनु भयाे ।  त्यहाँबाट रेफर गरेपछी राजवंशीको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको बताइएकाे छ ।

घरमा एक्लै भएको समयमा उनलाई कति बेला र कहाँ सर्पले डसेको भन्ने समयमा थाहा नहुँदा ज्यान बचाउन नसकिएको छिमेकीले बताएका छन् । यसअघि उपचार केन्द्रमा भेन्टिलेटर अभाव हुँदा गत भदौ ४ गते किङ कोब्रा सर्प डस्दा कचनकवल–५ खुमरुभिट्टा निवासी ६५ वर्षीय नेहरुलाल टुडूको पनि ज्यान गएकाे थियाे । पछिल्लाे समय झापामा दमक, कन्काइ, मेचीनगर र कचनकवलमा गरी ४ स्थानमा सर्पदंश उपचार केन्द्र संचालनमा रहेका छन् । जिल्लामा सवै भन्दा धेरै चारअालीकाे नेपाली सेनाकाे संयाेजनमा संचालित केन्द्रमा धेरै विरामी अाउने गरेका छन् । काेराेना महामारीकाे वेला सर्पदंशका घटना कम भएकाे थियाे भने पछिल्लाे समय बढ्दै गएकाे कन्काइ सर्पदंश उपचार केन्द्रका प्राविधिक अभिषेक पाेखरेल बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा काेराेना संक्रमित संख्या ओरालो लाग्दैः आज ७४ जनामा सङ्क्रमण पुष्टि
Next post खुकुरी प्रहारबाट भूटानी शरणार्थी एलबीको मृत्यु