डेंगी संक्रमितको संख्या २२ हजार नाघ्यो २९ को मृत्यु
८ असाेज २०७९,काठमाडौँ – डेंगी नियन्त्रणमा ढिलाइ भइसकेका स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् । विज्ञहरूका अनुसार समयमै लामुखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने काम अगाडि नबढाउँदा कारण संक्रमित र मृत्युको संख्या अझै बढ्नसक्ने भन्दै तत्काल कडा कदम चाल्न चेतावनी दिएका छन् । नेपालमा २-३ वर्षको अन्तरालमा डेंगीले प्रकोपको रुप लिने गरेको छ । सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेंगीबाट ६ जनाको मृत्यु भएको थियो जसले महामारीको रुप लिएको थियो । यस वर्ष डेंगी संक्रिमतको केसले ३ वर्षअघिको रेकर्ड तोडिसकेको छ । हालसम्म संक्रमितको संख्या २२ हजार नाघिसकेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार साउनयता २२ हजार ९८८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । केही दिनसम्म सबैभन्दा बढी केस ललितपुरमा देखिएको थियो तर त्यो स्थान काठमाडौँले लिइसकेको छ । डेंगीको उच्च जोखिममा रहेका १० जिल्लामध्ये ५ जिल्लामा डेंगीका हजारभन्दा बढी केसहरू पुष्टि भइसकेका छन् ।राजधानी काठमाडौंमा ७ हजार ३८०, ललितपुरमा ५ हजार ५८५, मकवानपुरमा २ हजार १३५, दाङमा २ हजार २७८ र भक्तपुरमा १ हजार ५० केसहरू पुष्टि भएका हुन् ।तथ्यांकअनुसार १० जिल्लामा मात्र १९ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा ५ सय ९१, मधेसमा ३ सय २३, वाग्मतीमा १७ हजार ७ सय ३१, गण्डकीमा ५ सय १५, लुम्बिनीमा २ हजार ८ सय २१, कर्णालीमा ३ सय ३० र सुदूरपश्चिममा ७ सय ७७ वटा केस देखिएका छन्। त्यसैगरी मृत्युको संख्या पनि बढ्दै गएको देखिन्छ।हालसम्म यसबाट २९जनाको मृत्यु भइसकेको छ ।
मन्त्रालयका प्रवक्ता डा सञ्जय ठाकुरले डेंगी नियन्त्रणकालागि सबै निकायहरूको पहल र सहभागिता जरुरी रहेको बताउनु भएकाे छ । महामारी घोषणाका बारेमा समीक्षा होला त्यसको बारेमा त्यति जानकारी आइसकेको छैन ।