नेपालमा आज ३८ जनामा सङ्क्रमण पुष्टि

१२ असाेज २०७९,काठमाडौं- नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । मन्त्रालयका अनुसार आज ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ । २ हजार ८ सय  १८ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लाे २४ घण्टामा ५२ जना सङ्क्रमणमुक्त भएका छन् । यसैगरी देशभर काेराेना संक्रमितकाे संख्या १ हजार १ सय २२ जनामा झरेकाे छ ।  पछिल्लाे २४ घण्टामा एक जनाकाे ज्यान गएकाे छ । नेपालमा हालसम्म १२ हजार १८ जनाले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post संचारकर्मी र स्वास्थ्यकर्मीबीच दशैं विशेष शुभकामना
Next post अर्जुनधारामा जारी धनकुटाको महिला टोली सेमिफाइनलमा प्रवेश