अर्जुनधारामा जारी धनकुटाको महिला टोली सेमिफाइनलमा प्रवेश

१२ अशोज २०७९, झापा–झापाको अर्जुनधारामा जारी प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगितामा धनकुटा महिला फुटबल क्लब तेस्रो खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । गोल्डकपको अन्तिम क्वाटरफाइनलमा आज (बुधबार) सुनसरी जिल्ला फुटबल संघलाई ४–० गोल अन्तरले पराजित गर्दै धनकुटाले आफुलाई अन्तिम चारमा सुरक्षीत गरेको हो ।
धनकुटाको तर्फबाट रजिना मगर र सन्ध्या रम्तेल १÷१ गोल गरेका छन् । यस्तै आजको खेलमा टिमको लागि २ गोल गर्ने धनकुटाकी अन्जना थुलुङ राई उत्कृष्ट खेलाडी घोषित हुनु भएको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपौयाँ सहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने छ ।

खुदुनाबारी गोल्डकपलाई अर्जुनधारा ३ को च्यारिटी युथ क्लब (सीवाईसी)ले आयोजना गरेको हो । अर्जुनधारा नगरपालिका मुख्य प्रवर्धक रहेको गोल्डकपको सहआयोजक जुनतारा महिला फुटबल क्लब रहेको छ । विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता संचालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो बर्ष महिला फुटबल प्रतियोगिता संचालन भएको हो । यसअघि २०७४ र ०७५ मा खुदुनाबारी गोल्डकपको पहिलो र दोस्रो संस्करण सम्पन्न भइसकेको छ । गोल्डकपको पहिलो सेमिफाइनलमा भोलि (बिहिबार) आयोजक जुनतारा महिला फुटबल क्लब अर्जुनधारा र गाईघाट फुटबल क्लब उदयपुर बिच प्रतिस्पर्धा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३८ जनामा सङ्क्रमण पुष्टि
Next post मदन भण्डारी मार्गको बन भित्र सडक निर्माणमा समस्याः झण्डै ५ हजार रुख नहटाए बाटो निर्माणमा ढिलाइ हुने