गौरादहको गतिविधि सार्वजनिकः वेरूजु फर्याैटमा जिल्लामा उत्कृष्ट सफलता

१४ अशोज २०७९,पर्वत तामाङ
झापाको गौरादह नगरपालिकाले प्रथम त्रैमासिक गतिविधि आज सार्वजनिक गरेको छ । नगरपालिका भित्र भए गरेका गतिविधि नगरबासी जानकारी गराउने उदेश्यले पत्रकार सम्मेलन मार्फत नगरका गतिविधि सार्वजनिक गरिएको हो ।
नगरपालिका भित्र प्रथम त्रैमासिकमा वेरुजु फर्यौट, खोला तथा नदि नियन्त्रण, बार्षिक प्रगति समिक्षा, भूउपयोग नीति तर्जुमा जस्ता काम कार्वाही शुरु भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई बताउनु भयो । प्रमुख भट्टराईका अनुसार अघिल्लो आर्थिक बर्ष भन्दा यस बर्ष धेरै सुधारात्मक ढंगबाट काम कार्वाही अगाडि बढेका छन् । नगरले अार्थिक बर्ष २०७७/०७८ मा २१ कराेडसम्म रहेकाे वेरूजु रकम पछिल्लाे समय ६ कराेड हाराहारीमा ल्याउन सफल भएकाे जानकारी दिइएकाे छ । वेरुजु फर्यौटमा जिल्लामा १५ पालिका मध्ये तेस्रो र नगरपालिकामा पहिलो नम्बरमा आउन सफल भएको समेत कार्याक्रममा बताइएको छ ।


प्रथम त्रैमासिकमै नगर अस्पताल संचालनमा ल्याइएकोले यसलाई दिर्घकालिनरुपमा व्यवस्थापन गर्न आफूहरु लाग्ने नगर प्रमुख छत्रपति सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार नगरपालिकामा भएका आर्थिक बजेट विनियोजन के कति भन्दा पनि कसरी खर्च भईरहेका छन् भन्ने कुराले महत्व राख्ने बताउनु भयो । उहाँले कुनै पनि हालतमा कमिशनको खेलमा विकासका काम कार्वाही हुन नदिने बताउनु भयो । उहाँले वैठक भता समेत निमावली बमोजिम पद र मर्यादाको आधारमा फरक भए पनि गौरादहको हकमा सवैलाई न्यूनतम १ हजार मात्र समानिकरणको आधारमा लिइएको बताउनु भयो ।
उहाँको अनुसार अव नगरपालिकामा भए गरेका गतिविधिबारे हरेक त्रैमासिकमा सार्वजनिक गरी नगरबासीलाई जानकारी दिने बताउनु भयोा । कार्याक्रममा भूमिहिन अव्यवस्थित बसोवासी, जेष्ठ तथा अपाङ परिचय पत्र वितरण जस्ता कार्य संचालन थालिएको नगरका प्रबक्ता तथा वडा नं. १ का अध्यक्ष नगेन्द्र भण्डारीले बताउनु भयो ।


नगरका गतिविधि तथा आर्थिक गतिविधि पारदर्शी बनाउन हरेक ३ महिना सार्वजनिक गर्ने र चाँडै आवश्यक विधेयक तथा कानुन निर्माण गरी बजेट व्यवस्थापन देखि विकास निर्माणका काममा समेत थप चुस्त दुरुस्त पार्दै लाने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ४५ जनामा संक्रमित थपिए
Next post İdman mərcləri və onlayn kazino 500 Bonus qazanın Giri