१४ असाेज २०७९,काठमाडौं- नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । मन्त्रालयका अनुसार आज ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ । २ हजार ५ सय ३५ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लाे २४ घण्टामा १ सय ३ जना सङ्क्रमणमुक्त भएका छन् । यसैगरी देशभर काेराेना संक्रमितकाे संख्या १ हजार ४ जनामा झरेकाे छ ।