पराल र विऊको मुल्य अधिक बढे पछि च्याऊ किसान मारमा (फाेटाे फिचर)

१५ अशोज २०७९/बाल दिवश तामाङ

लामो कोरोना कहरले च्याउ खेतीमा समस्या भोग्दै आएका किसानहरु पछिल्लो समय पराल र विऊको मुल्य बढे पछि थप समस्यामा परेका छन् । च्याऊ उत्पादनमा लाग्ने कच्चा पथार्दको मुल्य दोब्बर बढी बृद्धि हुँदा च्याऊको मुल्य बृद्धि नभएकाले किसानहरु मारमा परेका हुन् । सरकारको सहयोग समेत पाउन थाले पछि झापामा च्याऊ खेती गर्ने किसानहरुको संख्या बर्षेनी बढ्दै गएको छ । तर पछिल्लो समय च्याउ उत्पादन गर्दा प्रयोग हुने कच्चा पदार्थको मुल्य दोब्बरले बढ्दा पनि च्याऊको मुल्य नबढेकाले किसानहरु समस्यामा पर्न थालेका छन् । झापाको नमूनाको रुपमा ३ विगाह क्षेत्रमा बृहत च्याऊ खेती गर्दै आउनु भएका नलबहादुर खड्काले एक पटक च्याऊ लगाउँदा ५० देखि ६० लाख रुपयाँको कच्चा पदार्थ प्रयोग गर्नु हुन्छ । दैनिक सिजनमा १ हजार ५ सय देखि २ हजार केजीसम्म च्याऊ उत्पादन गर्न सफल बन्दै आउनु भएका खड्काका अनुसार च्याऊमा लाग्ने परालको मुल्य २ बर्ष यता ३ गुणा बढेको छ । यस्तै विऊको समेत मुल्य बृद्धि भएको छ । तर च्याऊको मुल्य भने केही बर्ष देखि एउटै दर प्रति केजी १ सय देखि १ सय २० रुपयाँ भन्दा धेरै मुल्य पाउन नसकेको उहाँले बताउनु भयो ।

यस्तै च्याऊ खेतीमा चाहिने विऊ समेत झापामै बृहत रुपमा उत्पादन थालिएको छ । तर विऊ बनाउन चाहिने कच्चा पदार्थ भारतबाटै आउने भएकाले भारतीय बजारको च्याऊको विऊसँग प्रतिस्पर्धा गर्नै समस्यामा भएको पाथिभरा च्याऊ खेतीका संचालक विऊ उत्पादनमा खट्दै आउनु भएका राम खत्रीले बताउनु भयो । खत्रीका अनुसार विउ उत्पादनमा लाग्ने गहुँकाे मुल्य पनि प्रति केजि ५० रूपयाँ पुगेकाले मुल्य उच्च पुगेकाे बताउनु भयाे । उहाँका अनुसार भारतबाट सस्ताे मुल्यमा विउ भित्रने गरेकाले नेपालमा उत्पादन हुने च्याउकाे विउले समेत बजार नपाएकाे उहाँले बताउनु भयाे । तर भारतबाट ल्याइने विउकाे उर्वरता कम रहेकाले किसानहरू थप मारमा पर्ने गरेका छन् ।

जिल्लामा लामो कोरोना कहरले विगत बर्षहरु भन्दा च्याऊ उत्पादनमा केही बर्ष यता ह्रास आएको छ । तथापि बजारको अवस्था हेरेर किसानले खेती गर्दै आएका छन् । पछिल्लो समय युवा लक्षित कार्याक्रम मार्फत च्याऊ खेतीमा अनुदान दिए पछि थप खेती विस्तार हुँदै गएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार यस बर्ष पनि युवा लक्षित कार्याक्रम अन्तर्गत च्याऊ खेतीलाई समेत जोड दिइएको उहाँले बताउनु भयो ।

बजारमा पराले च्याऊको मुल्य लामो समय देखि बृद्धि हुन सकेको छैन । तर च्याऊ उत्पादनमा लाग्ने आवश्यक सामाग्री र कच्चा पदार्थको मुल्य बढेकाले किसानलाई खेती गर्न समस्या भएको उनीहरुले गुनासो पोखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post İdman mərcləri və onlayn kazino 500 Bonus qazanın Giri
Next post कृषि योग्य जमिनमा प्लटिङले समस्याः भूउपयाेग नीति कार्यन्वयन नगरे थप जटिल हुने