सर्पले डसेर दमकमा बालिकाकाे मृत्यु
२० असाेज २०७९, झापा – टीका थाप्न मावल गएकी झापाकी एक बालिकाको सर्पको डसाइबाट मृत्यु भएको छ । गोमन सर्पले डस्दा दमक नगरपालिका- २ की ८ वर्षीया श्रुति सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
श्रुति बुधबार गौरादह नगरपालिका- ९ स्थित बैगुन्धुरा मावलमा दसैंको टिका लगाउन जानु भएकाे थियाे । कोठाको भुइँमा ओछ्यान लगाएर सुतेको बेला राति साढे एक बजेतिर श्रुतिलाई गोमन सर्पले डसेको पारिवारिक श्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
श्रुतिलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लगिएको तर चिकित्सकले तत्काल मृत घोषणा गरेका छन् । झापामा दुई महिनाभित्र सर्पले डसेर तीन जनाको मृत्यु भएको छ । जिल्लामा बर्षेनी १ हजार देखि १ हजार ५ सय जनासम्मले सर्पले डसेर उपचार गर्ने गरेकाे सर्प दंश उपचार केन्द्रहरूकाे तथ्याङ्क छ । हाल झापामा ४ वटा सर्प दंश उपचार केन्द्रहरू संचालनमा रहेका छन् ।
More Stories
प्रेस सेन्टर नेपालको प्रदेश अधिवेशन सम्पन्नः अध्यक्षमा राई निर्वाचित
१२ माघ २०८१, बिराटनगर– प्रेस सेन्टर नेपालको तेस्रो प्रदेश अधिवेशनबाट राजन राई अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार राती सम्पन्न अध्यक्ष...
गाैरादहले थाल्याे कृषिमा अन्तरसम्बन्ध खेतीः तेलहन बालीसँगै मौरी पालनले राम्राे फाइदा
१० माघ २०८१/डिकेश लामा झापामा तेलहन खेती बढेसँगै किसानले मौरी पालनलाई जोड दिन थालेका छन् । दोहोरो लाभ हुने भए...
संघीयता खोज्दै कलाकारः घुम्ती चलचित्र महोत्सव उत्साहजनकरुपमा सम्पन्न
९ माघ २०८१/डिकेश लामा काठमाण्डौं अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सवले कलाकारितामा संघीयता खोज्दै झापाको दमकमा महोत्सव गरेको छ । केन्द्रिय मात्र...
घर जग्गाका कारण झापामा धान उत्पादन गिरावटः १० हजार हेक्टर क्षेत्रफल धान खेती घट्याे
७ माघ २०८१/डिकेश लामा नेपालको सवैभन्दा धेरै धान खेती हुने झापा जिल्लामा केही बर्ष यता धान रोपाईंको क्षेत्रफल घट्दै गएको...
भारतीय आयातका कारण किसान मारमाः फुलकाेपीकाे मुल्य याे बर्ष १० रूपयाँ केजीसम्म झर्याे
६ माघ २०८१/डिकेश लामा भारतीय सागसब्जीका कारण झापामा यस बर्ष फुलकोपीको मुल्य दोब्बरले गिरावट आएको छ । कोशी प्रदेशमै सवैभन्दा...
स्वदेशी हाइव्रेड मकै उत्पादनमा समस्याः भारतीय विउ प्रति किसानकाे रूची
५ माघ २०८१/डिकेश लामा लगातार ५ बर्ष देखि स्वदेशमै स्थानीय स्तरमा बृहतरुपमा हाइव्रिड मकैको विऊ उत्पादनमा जुटेका किसानलाई समस्या हुन...