दशैंले दिलाउँछ भूटान देशको यादः भूटानी शरणार्थीमा आएन कहिल्यै खुशीकाे दशैं

२० असोज २०७९/डिकेश लामा
भूटानी शरणार्थीले आफ्नो देश छाडेसँगै ३ दशक देखि रमाइलोसँग दशंै मान्न पाएका छैनन् । परिवारको मिलन हुने चाढपर्वमा आफन्तबीचको विखण्डनले उनीहरुमा थप पीडा हुने गरेको उनीहरुले दुखेसो पोखेका छन् ।
जब दशंंै आउँछ अनि नेपाली भाषी भूटानीले आफ्नो देश सम्झन्छन् । उवेला जस्तो रमाइलो सायद अव जिन्दगीम फर्केर नआउला । देश छाडेसँगै परिवारसँगको रमाईलो खोसिएको शरणार्थी शिविरमा ३ दशक देखि बस्दै आउनु भएका साहित्यकर्मी दिल भूटानीको अनुभव रहेको छ । भूटानीका अनुसार पारिवारिक विखण्डनका कारण भूटानी शरणार्थी शिविरमा बसोवास गर्ने धेरै शरणार्थीहरुले खुशीसाथ कहिल्यै दशैं मान्न पाएका छैनन् ।


दिल भूटानी जस्तै अझै पनि पूर्वी नेपालमा साढे ६ हजार हाराहारीमा भूटानी शरणार्थीहरु बसोवास गर्दै आएका छन् । आफ्नै देश फर्कन पाउने आशामा अमेरिका नगइ बसेका शरणार्थीहरुलाई दशैंले रमाइलो भन्दा पनि देशको याद दिलाउने गरेको बेलडाँगी शरणार्थी शिविरका बृद्ध घनश्याम विकले बताउनु भयो । यस्तै शरणार्थी शिविर वेलडाँगीका सामाजिक अगुवा दलबहादुर खड्का अनुसार यूवा पुस्ता तेस्रो मुलुक, केही आफन्त भूटान र जेष्ठ बृद्धबृद्धा शरणार्थी शिविरमा रहेकाले उनीहरुमा समस्या भएको छ ।

हालसम्म विश्वको ८ वटा मुलुकमा १ लाख बढी नेपाली भाषी भूटानीहरु पूनर्वास भईसकेका छन् । कतिपय एउटै परिवारको सदस्यहरु भूटान, शरणार्थी शिविर र अमेरिका गरी ३ तिर बाँढिएका छन् । पारिवारिक मिलन हुन नपाएकोले अधिकांश भूटानीहरुको दशैं खल्लो बन्ने गरेको शरणार्थी शिविरका अगुवा पूर्व सचिव चिरञ्जीवि राईले बताउनु भयो । राईका अनुसार पारिवारिक विखण्डन र अलपत्र अवस्थामा देश छाडेको सन् १९९२ देखि नै धेरैले दशैं मनाएका छैनन् ।

४ बर्ष अघि देखि शरणार्थी दातृ निकायले हात निकालेसँगे धेरै शरणार्थीहरुले मजदुरीकोको भरमा जिविकोपार्जन गर्दै आएका छन् । अशक्त र अभिभावकविहीनहरुलाई भने अभावकाबीच दशंै पनि दशा जस्तो हुने गरेको उनीहरुले दुखेसो पोखेका छन् । दशंै आउँदा दशैं मान्नुको सट्टा भूटानको यादहरु बल्झने गरेको भूटानी जेष्ठ शरणार्थीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सर्पले डसेर दमकमा बालिकाकाे मृत्यु
Next post नेपालमा आज ११ जनामा संक्रमण