बाढी पहिराेले नेपालमा एक साता भित्र ३० जनाकाे मृत्युः नेपालमा मनसुन अझै एक हप्तासम्म रहने अनुमान

२३ असाेज २०७९,काठमाडौं–  अनुमान गरेकाे भन्दा लामाे समय मनसुन परेकाले नेपालमा मनसुनकाे अन्त्य तिर अाएकाे बाढी तथा पहिराेमा परी नेपालमा एक साताभित्र ३० जनाकाे मृत्यु भएकाे छ । गत बुधबारदेखि सुरु भएको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

बाढीपहिरोमा परी काठमाडौँमा तीनजनाको मृत्यु भएको छ । यस्तै पहिरोले घर पुरिँदा जुम्ला र प्युठानमा १३ जनाको मृत्यु भएको छ । मकवानपुरमा पहिरोमा परी चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङ र नुवाकोटमा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ । यस्तै झापा र रौतहटमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार डोल्पा र सल्यानमा दुई जनाको मृत्यु भएको छ । त्यस्तै बाढीपहिरोबाट कपिलवस्तुमा एक र दाङमा दुईजनाको मृत्यु भएको छ । पहिरोमा परी गुल्मी र पाल्पामा एक–एक जनाको मृत्यु भएको छ ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार पछिल्लो चार दिनमा बाढीपहिरोमा परी तीन जना बेपत्ता भएका छन् । वर्षाका कारण आएको बाढीपहिरोले देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध हुँदा आवतजावतमा समस्या आएको छ । वर्षाका कारण बाढीपहिरोले पुर्‌याएको भौतिक क्षतिको विवरण सङ्कलन भइरहेको गृह मन्त्रालयले जनाएको छ । मनसुन नेपालबाट अझै एक साता पछि मात्र बाहिरिने जल तथा माैषम विज्ञान विभागले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post जसपा र एमालेबीच चुनावी तालमेल
Next post Приложения MostBet для Android, IOs и Window