
मधेसमा कांग्रेसका तीन मन्त्री हटाइयाे
२८ असाेज २०७९,काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गर्नुभएको छ ।
राउतले भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई हटाउनुभएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई हटाएपछि मधेस सरकारले पनि मन्त्री हटाएको हो । प्रदेश प्रमुख हरिशंकर मिश्रले तीनवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राउतलाई दिनुभएको छ । संघीय सरकारले जनता समाजवादी पार्टी(जसपा)का मन्त्रीहरूलाई बिहीबार पदबाट हटाएको भोलिपल्ट मधेसका मुख्यमन्त्री राउतले शुक्रबार कांग्रेसका तीन मन्त्रीलाई पदमुक्त गरिएकाे हाे ।
More Stories
२५ प्रतिशतले छुर्पी निर्यात घट्योः ७ महिनामा ६७ कराेड मुल्यकाे छुर्पी निर्यात
१० चैत्र २०८१/झापा दुधबाट बनाइने छुर्पीको निर्यातमा यो बर्ष गिरावट आएको छ । केही बर्ष देखि लगातार निर्यात बृद्धि हुँदै...
शिवसताक्षी समितिमा माओवादी केन्द्रका अध्यक्षमा नेम्बाङ सर्वसम्वत चयन
देश विकासमा राजा नभइ जनताकाे सामुहिक कार्य नै उत्तम हुने १० चैत्र २०८१, झापा– नेकपा ( माओबादी केन्द्र) शिवसताक्षीको दोश्रो...
निर्माण पुरा नहुँदै कन्काइ पुल मर्मतः भारवहन क्षमता परिक्षण गरिने (फाेटाे फिचर)
३ चैत्र २०८१/डिकेश लामा झण्डै ढेड दशक अघि निर्माण थालिएको झापाको हुलाकी सडकमा पर्ने कन्काई नदिको पुल निर्माण पुरा नहुँदै...
झापामा हर्साेल्लासका साथ हाेली सम्पन्नः ३ सय बढी सवारी होलीमा नियन्त्रण (फाेटाे फिचर)
१ चैत्र २०८/झापा झापा जिल्लामा होली पर्वमा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय २९ वटा सवारी साधान नियन्त्रणमा लिइएको छ...
झापाकाे कमलमा बारीबाटै विक्री हुन्छ नयाँ स्वादको बयर (फाेटाे फिचर)
२९ फाल्गुण २०८१/डिकेश लामा फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापामा रेड एप्पल नामको बयर...
स्थानीय कृषि बाली प्रवर्धनका लागि दमकमा कृषि बजार उद्घाटन
२८ फाल्गुण २०८१/झापा झापाको दमकमा प्रदेश र स्थानीय सरकारको ६ करोड रुपयाँ बजेटमा निर्माण गरिएको जैविक बजार निर्माण थालेको ५...