अपांगतामैत्री सार्वजनिक यातायात सेवा र संरचनाका लागि सरोकारवालाकाे चासाे

२९ असाेज २०७९, झापा–अपांगतामैत्री सार्वजनिक यातायात सेवा र सडक तथा भौतिक संरचनाका लागि सरोकारवालाले ६ बुँदे साझा प्रतिवद्धता व्यक्त गरेका छन् ।
शनिबार विश्व सेतोछडि दिवसको सन्दर्भमा झापा नेत्रहीन संघ र संवाद समूह झापाले बिर्तामोडमा आयोजना गरेको ‘अपांगतामैत्री सडक संरचना, सवारी पार्किङ र सार्वजनिक यातायात सेवाः अवस्था र सुधारका लागि सरोकारवालाको भूमिका÷प्रतिवद्धता’ विषयक जिल्लास्तरीय संवादमा सहभागी सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका हुन् ।
नेपालमा अपांगता भएका व्यक्तिहरुले सडक तथा अन्य सार्वजनिक भौतिक संरचना र सार्वजनिक यातायातको प्रयोगमा भोगिरहेका समस्याहरुका विषयमा नेत्रहीन संघका तर्फबाट दिलकुमार राजवंशी, सिर्जना बराल, अपांगता स्वावलम्बन संस्था बिर्तामोडका अध्यक्ष दीपक थापाले जानकारी गराएका छन् ।
कार्याक्रममा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का, झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले तत्काल चासाे र कार्यन्वयनमा जाेड दिनु पर्ने बताएका छन् ।  अपांगता भएकाहरुको सार्वजनिक यातायातमा पाउने भाडा छुट, आरक्षण सिटको व्यवस्था कार्यान्वयनमा तत्काल पहल गर्ने उहाँहरूले जाेड दिएका छन् । कार्यक्रममा सडक डिभिजन दमकका इन्जिनियर उज्वल खतिवडा,जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक जीवनकुमार कार्की, पूर्वी हिमाल यातायात व्यवसायी संघका कार्यालय प्रमुख याम तिम्सिनाले अपांगता भएकाहरुले यातायात क्षेत्रप्रति गरेको गुनासो आगामी दिनमा कम गरेर लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाल सरकारले अपांगता भएका व्यक्तिहरुको अधिकार सम्वन्धी राष्ट्रसंघीय महासन्धी अनुमोदन गरेको छ । संविधान तथा अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न विभिन्न कानूनहरु समेत बनेका छन् । सार्वजनिक यातायात आचारसंहिता समेत जारी भएको छ । तर कार्यान्वयन पक्ष कमजोर रहेकाे कार्यक्रमका बक्ताहरूले बताएका छन् ।
यात्रु प्रतिक्षालय वा ओर्लने ठाउँहरु अपांगता मैत्री नहुनु, क्षमता भन्दा अत्यधिक धेरै मात्रामा यात्रुहरु वोकेर हिँड्नु, आरक्षीत सीटहरु अपांगता भएका व्यक्तिहरुले प्रयोग गर्न नसक्नु, सवारीका कर्मचारीले अपांगता भएका यात्रुहरु लिन इन्कार गर्नुु, दुव्र्यवहार गर्नु, अपांगता भएका व्यक्तीहरु पूर्णरुपमा सजीलोसँग सीटमा नवसीकन वा ओर्लने समयमा राम्रोसँग नओर्लीकन चालकले गाडी अगाडी वढाउनु, गाडी चढ्ने ठाउँमा भिड भएको बेलामा अपांगता भएका व्यक्तीहरुले अग्राधिकार नपाउनु लगायतका समस्या ह्वीलचीयर प्रयोगकर्ता, दृष्टिविहिन, वैशाखी टेकेर वा क्यालीपर लगाएर हिंड्नुपर्ने मानिसहरु, वहु अपांगता भएका व्यक्तिहरुले दैनिक रुपमा भोग्नुपर्दा जीवन यापन नै कठिन हुँदै आएको छ ।

नेपालमा अपांगता भएका व्यक्तिहरुले सडक तथा अन्य सार्वजनिक भौतिक संरचना र सार्वजनिक यातायातको प्रयोगमा भोगिरहेका समस्याहरु धेरै छन् । सडक पेटी जुन पैदल यात्रीका लागि हो– त्यहाँ सवारी पार्किङ गरिँदा, फुटपाथ व्यवसाय, फोहोरको थुप्रो, विद्युत पोल लगायतका कारण सहज आवागमनमा समस्या छ । ट्राफिक नियमको पालना नहुँदा तथा जेब्राक्रसबाट समेत सडक पार गर्न कठिन भएको, सडकका खाल्डा र सडकसंगै बनाइएका ढलको ढकन नहँुदा जोखिम वहन गर्नुपरेको, वस पार्क तथा स्टेशनहरुमा ह्वील चियर लिएर वा वैशाखी टेकेर जान नसक्नु, सार्वजनिक वसहरुमा ढोकाहरु अपांगता भएका व्यक्तीहरुका लागि मैत्रीपूर्ण नहुनाले चढ्न र ओर्लन समस्या हुँदै आएको छ ।
कार्यक्रममा निर्माण व्यवसायी संघ झापाका उपाध्यक्ष कृष्णप्रसाद प्रसाईं, बिर्ता जेसीजका अध्यक्ष प्रविण खड्का, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य जीवन खड्का, नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघका अध्यक्ष सुमन राजवंशी, नेत्रहीन संघ झापाका सल्लाहकार संयोजक द्रोणचार्य निरौला, दमक अपांग सहयोग समितिका सचिव मदन बोहोरा, अपांग स्वावलम्बन संस्था बिर्तामोडका अध्यक्ष दीपक थापा, उपाध्यक्ष चन्द्र भट्टराई, संघका सचिव भोजकुमार तामाङ, मेची बहिरा संघका अध्यक्ष गणेश पौडेललगायतको सहभागिता रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post Mostbet India: Official Site, Registration, Bonus 25000 Logi
Next post हार्दिक श्रद्धाञ्जलीः शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ बर्षकाे उमेरमा निधन