संस्कृतिविद् जोशीको निधनको शोकमा भाेलि देशभर सार्वजनिक बिदा

३१ असाेज २०७९,काठमाडौं– सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । संस्कृतिविद् सत्यमोहन जोशीको निधनको शोकमा देशभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, कुटनीतिक नियोगमा बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ । संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षमा आइतबार निधन भएको थियो । वि.सं. २०२८ सालमा प्रज्ञा प्रतिष्ठानमै रहेका बेला जोशीकै अगुवाइमा भएको कर्णालीको लोकसंस्कृतिको अध्ययनपछि प्रकाशित कर्णाली लोकसंस्कृति पुस्तकका लागि संयुक्त रुपमा मदन पुरस्कार पाउनु भएकाे थियाे । त्यसअघि नै जोशीले हाम्रो लोक संस्कृति पुस्तकका लागि वि.सं. २०१३ सालमा र नेपाली राष्ट्रिय मुद्राग्रन्थका लागि २०१७ सालमा गरी तीनपटक मदन पुरस्कार पाउनु भएकाे थियाे । जीवित हुँदै हुलाक टिकटमा तस्बिर प्रकाशित हुने जाेशी पहिलो नेपाली नागरिक पनि हुनुहुन्छ ।
जहानियाँ राणा शासनदेखि २००७ सालमा आएको प्रजातन्त्रसम्म र २०१७ देखि सुरु भएको पञ्चायतदेखि २०४६ मा आएको प्रजातन्त्रसम्मका सबै उथलपुथलपूर्ण इतिहासका साक्षी रहेका जोशी नेपाली र नेवारी भाषाका नाटककार र त्यसमा अभिनय गरेका कलाकार समेत हुनु हुन्थ्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पुल नबन्दा सडक संचालनमा समस्याः चुनावी नारामा सँधै बनिने पुल एक दशकमा पनि अधुरै (फाेटाे फिचर)
Next post एमाले अध्यक्ष ओली अस्वस्थ्यः एमालेकाे बहुमत आउने एमाले उम्मेद्वारकाे दाबी