एमाले अध्यक्ष ओली अस्वस्थ्यः एमालेकाे बहुमत आउने एमाले उम्मेद्वारकाे दाबी

१ कार्तिक २०७९, झापा– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य बन्नु भएकाे छ ।  गृहजिल्ला झापामा आउनु भएका अध्यक्ष ओलीलाई ज्वरो, रुघाखोकीले सताएपछि आज आयाेजना गरेकाे पत्रकार सम्मेलनमा उपस्थित हुन सक्नु भएन । उहाँ अहिले दमक- ९ स्थित निवासमा आराम गरिरहेको एमाले नेता तथा झापा-५ ‘क’ का उम्मेदवार हिक्मत कार्कीले जानकारी पत्रकार सम्मेलनमा जानकारी दिनु भयाे ।

प्रेस चौतारी झापाले मंगलबार साँझ ओलीसँग पत्रकार सम्मेलन राखेको थियो । यद्यपि, सन्चो नभएका कारण उहाँ पत्रकार सम्मेलनमा आउन नसकेको कार्कीले बताउनु भयाे ।  पत्रकार सम्मेलनमा कार्कीले अागामी निर्वाचनमा एमालले १ सय धेरै सीटमा विजय हासिल गर्ने र समानुपातिकमा ४० सीट प्राप्त गर्ने उहाँले दाबी गर्नु भयाे । सम्मेलनमा अर्का उम्मेद्ववार हाेमबहादुर थापाले समेत जनताकाे हित र समृद्धिकाे पक्षमा एमालले पार्टीले काम गर्दै अाएकाले जीत सुनिश्चित हुने बताउनु भयाे ।

ओली एमालेको तर्फबाट ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा झापा-५ को प्रतिनिधिसभा उम्मेदवार हुनु हुन्छ । यस अघिको निर्वाचनमा उहाँले नेपाली काँग्रेशका महाधिवेश प्रतिनिधि डा. खगेन्द्र अधिकारीलाई पराजित गर्नु भएको थियो ।
अध्यक्ष ओलीले ५७ हजार १ सय ३९ मत प्राप्त गर्दा अधिकारीले २८ हजार २ सय ९७ मत प्राप्त गर्नु भएको थियो । यो बर्ष ओली राप्रपाको तालमेलबाट निर्वाचनमा होमिनु भएको छ भने अधिकारी ५ दलीय गठबन्धनबाट उम्मेद्वारी बन्नु भएको छ । यस पटक पनि उहाँकाे अधिकारीसँगै भिडन्त हुने भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post संस्कृतिविद् जोशीको निधनको शोकमा भाेलि देशभर सार्वजनिक बिदा
Next post झापामा व्यवसायिकरुपमा वेसार खेती विस्तार हुँदैः धान भन्दा तेब्बर बढी वेसारबाटै आम्दानी (फाेटाे फिचर)