खटेकै केन्द्रबाट कर्मचारीले मतदान गर्न पाउने

१ कार्तिक २०७९,सारासन्देश समाचार,झापा
आगामी मंसीर ४ गते हुने निर्वाचनमा कर्मचारीले समेत मतदान गर्न पाउने भएका छन् । अघिल्लो निर्वाचनमा मतदानबाट बन्चित बनेका कर्मचारीले यो पटक समानुपातिक प्रतिनिधिसभा सदस्यका लागि आफू कार्यरत निर्वाचन केन्द्रबाट मत खसाल्न पाउने गरी तथ्याङक संकलन र प्रकृया शुरु गरिएको जिल्ला निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ ।
जिल्लामा प्रहरी, कर्मचारी सहित झण्डै १२ हजार हाराहारीका जनशक्ति निर्वाचनमा खटिनेछन् । तर नेपालको कुनै पनि स्थानबाट मतदाता नामावली भएकाले मात्र मतदान गर्न पाउने भएकाले जिल्लाभर ५ हजार हाराहारीमा समानुपातिक मत खस्न सक्ने जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनु भयो ।
आगामी निर्वाचनका लागि जिल्लामा समानुपातिक उम्मेद्वारका लागि मतपत्र समेत आइपुगेको जिल्ला निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ ।  झापा जिल्लामा ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा व्यवसायिकरुपमा वेसार खेती विस्तार हुँदैः धान भन्दा तेब्बर बढी वेसारबाटै आम्दानी (फाेटाे फिचर)
Next post प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धन रहन्छ : अध्यक्ष दाहाल