झापामा व्यवसायिकरुपमा वेसार खेती विस्तार हुँदैः धान भन्दा तेब्बर बढी वेसारबाटै आम्दानी (फाेटाे फिचर)

१ कार्तिक २०७९/डिकेश लामा

घरको भान्सामा अनिवार्य प्रयोग हुने वेसार पछिल्लो समय व्यवसायिकरुपमा खेती गर्न थालिएको छ । अन्य बाली भन्दा आम्दानी हुने खालको खेतीलाई जोड दिँदै ग्रामिण क्षेत्रका किसानले वेसार खेतीलाई जोड दिन थालेका हुन् ।

एक कठ्ठा जमिनमा धान उत्पादन हुँदा सरदर ४ हजार रुपयाँसम्मको उत्पादन हुने गर्छ । तर वेसार खेतीबाट झण्डै ३ गुणा धेरै आम्दानी हुने भए पछि गाऊँका महिलाहरु समेत वेसार खेतीमा लागेको गौरादह नगरपालिका वडा नं. ७ कि बविता सापकोटाले बताउनु भयो । सापकोटाका अनुसार एक कठ्ठा जमिनमा वेसार उत्पादन गर्दा १२ हजारसम्मको उत्पादन हुने गर्छ । तर धान रोप्दा भने ४ हजार भन्दा धेरै आम्दानी लिन नसकिने उहाँले बताउनु भयो ।

वेसार स्वास्थ्यका लागि औषधीको रुपमा पनि प्रयोग हुने गर्छ । भान्सामा अनिवार्य रुपमा प्रयोग गरिने वेसारको बजारमा मुल्य समेत बृद्धि हुँदै गएको छ । पछिल्लो समय किसानले वेसारको व्यवसायिकरुपमा खेती गर्न थालेको बाह्रदशी ७ मा ठूलो क्षेत्रमा खेती गर्दै आउनु भएका फाल्गुनन्द कृषि फार्मका संचालक मदन वेघा लिम्बुले बताउनु भयो । लिम्बुले बर्षेनी वेसार खेती विस्तार गर्दै लानु भएको छ । ३५ विगाह क्षेत्रफलमा बहुकृषि बालीको खेती गर्दै आउनु भएका उहाँले वेसार मात्रै आगामी बर्षमा ३ देखि ५ विगाहसम्म खेती गर्ने योजनाका साथ वेसारको विऊ उत्पादनमा लागेको उहाँले बताउनु भयो ।

वेसार खेर जाने जमिनमा पनि उत्पादन गर्न सकिन्छ । थोरै मेहनेतबाट पनि उत्पादन लिन सकिने वेसारबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरुको आकार्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार पछिल्लो समय झापामा वेसार खेती बढ्दै गएको छ । २ सय २० हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको वेसार झापा जिल्लामा बर्षेनी विस्तार हुनेक्रम बढ्दै गएको छ । औषधीजन्य मसलामा पर्ने वेसार पछिल्लो समय नगदेबालीको रुपमा समेत खेती गर्न थालिएको कृषि ज्ञान केन्द्र झापाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एमाले अध्यक्ष ओली अस्वस्थ्यः एमालेकाे बहुमत आउने एमाले उम्मेद्वारकाे दाबी
Next post खटेकै केन्द्रबाट कर्मचारीले मतदान गर्न पाउने