भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतको ५७ अैा‌ं प्रधानमन्त्री

८ कार्तिक २०७९, एजेन्सी–बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बन्नु भएको छ । प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बन्नुभएको हो ।

प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनको भाग्योदय भएको हो । लिज ट्रस बेलाइतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री बन्नुभएको छ । मन्त्रिपरिषद्का एक जना सदस्यलाई बर्खास्त गरेपछि उहाँले चर्को आलोचना खेप्नु परेको थियो । साथै उहाँको कार्यकालमा बेलायतको मुद्रा अवमूल्यन भएको छ ।

गत बिहीबार उहाँले राजीनामा दिएपछि ऋषि सुनक र पूर्वप्रधानमन्त्री बोरिस जोनसन नयाँ प्रधानमन्त्रीको दौडमा हुनुहुन्थ्यो । तर बोरिस जोनसनले आफूलाई आवश्यक समर्थन रहेको दाबी गरे पनि पछि कन्जरभेटिभ पार्टीको नेतृत्व दौडबाट उहाँ बाहिरिनुभएको थियो ।

नयाँ प्रधानमन्त्री सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सर्नुभएका भारतीय मूलका आमाबाबुका सन्तान हुनुहुन्छ । उहाँ हिन्दु धर्मावलम्बी हुनुहुन्छ । अक्सफोर्ड र स्ट्यानफोर्ड विश्वविद्यालयका पूर्व छात्र सुनकले इन्फोसिसको संस्थापक प्रख्यात अर्बपति व्यापारी नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग विवाह गर्नुभएको छ । वेलायतकाे ५७ अैां प्रधानमन्त्री बन्नु भएका सुनकले वेलायतकाे अाथिर्क अवस्थाकाे सुधार अाफ्नाे पहिलाे प्राथमिकता रहेकाे बताउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post काेच समूदायकाे हुक्काहुक्की सँस्कृति संरक्षणमा चासो (फाेटाे फिचर)
Next post ऋण माेचन गरी थालिएकाे नेपाल सम्वत्‌को नयाँ वर्ष ११४३ सुरु