ऋण माेचन गरी थालिएकाे नेपाल सम्वत्‌को नयाँ वर्ष ११४३ सुरु

९ कार्तिक २०७८९,काठमाडौं- नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएकाे छ । याे सम्वत्‌लाई खासगरी नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल सम्वत्‌को शुरुआत गराउनु भएको थियो । नेपाल सम्वत्‌ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्‌को मान्यता पाएको थियाे ।

लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत्‌ पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्‌का रूपमा चलेको थियो । पछि गएर लिच्छविकाल अघि शक सम्वत्‌ प्रचलनमा थियो । नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्वत्‌  भएकाे यस सम्बन्धी इतिहास विषयका प्राध्यापकहरूले बताएका छन् ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल सम्वत्‌लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत्‌समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ साल मंसीर ३ गते सरकारले साख्वालाई राष्टिय विभूति घोषणा गरेकाे थियाे ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्‌ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै चल्दै अाएकाे छ । साख्वा एक समाजसेवी थिए जसले तत्कालीन नेपालीलाई ऋणबाट मुक्ति दिलाउनु भयाे ।  नेपाल सम्बतको सुरुवातकर्ता शंखधर साख्वा कान्तिपुरको इलाछेंमा बस्ने व्यपारी हुनु हुन्थ्याे ।  उहाँले वि. सं. ९३७ मा कान्तिपुर र भादगाउँका जनताको सम्पूर्ण ऋण तिरी नेपाल सम्बतको थालनी गर्नु भएकाे थियाे ।  तत्कालीन समाजमा शुद्र जातिलाई पशुपतिका प्रवेसमा बन्देज लगाइएको थियो । कान्तिपुरका राजा राघवदेवले शंखधरको योगदानलार्क्ष कदर गरी शुद्र जातिलार्क्ष पशुपतिमा प्रवेश दिनु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतको ५७ अैा‌ं प्रधानमन्त्री
Next post Mostbet yukle ᐈ Android, iOS Mostbet indir Azərbaycan üçü