नेपाली कांग्रेसको चुनावी घाेषणा पत्र सार्वजनिकः काेखदेखि शाेकसम्मका याेजना

१२ कार्तिक २०७९,काठमाडौं- नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमार्फत सो  घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधार : नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने मूल नारा रहेको छ ।

समसामयिक राजनीति, निरन्तरतामा नवीनता, सम्मुन्नत नेपालको मार्गचित्रलगायतका विषयवस्तु समेटिएको छ । घाेषणापत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बिपीकालीन दस्तावेजदेखि स्थानीय तहसम्म पार्टीका तर्फबाट घोषणा गरिएको विषयवस्तुका आधारमा घोषणापत्र तयार गरिएको बताउनुभयो । जनताकाे सेवाका लागि काेखदेखि शाेकसम्म हुने कृयाकलापमा निशुल्क सेवा उपलव्ध गराउन पाटीले थाल्ने उल्लेख्य गरिएकाे छ ।

घोषणापत्रमा समुन्नत नेपालको अर्थतन्त्रको खाँका प्रस्तुत गरेको कांग्रेसले ७५ वर्षअघि पार्टीका संस्थापक बिपी कोइरालाले सङ्कल्प गरेको समुन्नत नेपाल, समतामूलक समाजको परिकल्पनाको विस्तारित व्याख्या गरेको गरेको छ । कांग्रेसले लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियाबाट जनताको भावनाअनुसार अग्रगामी आर्थिक-सामाजिक रुपान्तरणको नीति अवलम्बन गर्ने उल्लेख गरेको छ ।

नेपालमा प्रजातन्त्र स्थापनापछि धेरै पटक सरकारको नेतृत्व गरेको कांग्रेसको उदार अर्थनीति, निजीकरणको अवधारणाले मुलुकको उद्योग र व्यापार प्रवद्र्धनका साथै अर्थतन्त्रलाई उकास्न महत्वपूर्ण योगदान रहेको छ । ‘बहुदलीय लोकतन्त्र स्थापना भएपछि २०४८ मा नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारले जसरी मुलुकलाई आर्थिक प्रगतिको नयाँ चरणमा उकासेको थियो यसैगरी मध्यमकालीन संरचनात्मक सुधारको नेतृत्व अब पुनः नेपाली कांग्रेसले नै गर्नेछ’ घोषणापत्रपत्रमा भनिएको छ । ‘कांग्रेसको मूलमन्त्रः संविधान र लोकतन्त्रः असल शासन समुन्नति बलियो अर्थतन्त्र भन्ने’ नाराका साथ कांग्रेसले अर्थतन्त्रको सवलीकरणका लागि नीति अख्तियार गरेको संकल्पपत्रमा उल्लेख छ । कांग्रेसले अघि सारेको आर्थिक समृद्धि र समुन्नतिको यात्रालाई सार्थक तुल्याउन पुनः नेतृत्वमा पुगेर आर्थिक क्षेत्रलाई व्यापक सुधार गर्ने नीति सङ्कल्पपत्रमार्फ्त लिइएका सङ्कल्पपत्र प्राविधिक मस्यौदा समितिका संयोजकसमेत रहनुभएका अर्थशास्त्री डा स्वर्णीम वाग्लेले बताउनुभयो ।

“विसं २०४८ मा जुन मुलुकको अर्थतन्त्रलाई नै कोल्टे फेर्ने गरी नयाँ समुन्नतिको यात्रा तय गरेका थियो । विविध कारणले त्यो अन्योलमा थियो अब त्यसलाई पूरा गर्न चाहन्छौँ । असल शासनको जगमा सशर्त अन्तर्राष्ट्रिय भूमिकालाई परिचालन गरेर बलियो अर्थतन्त्र बनाउने एजेण्डा सङ्कल्पपत्रको सार हो”, डा वाग्लेले भन्नुभयो । पार्टी कार्यालय सानेपामा कांग्रेसको सङ्कल्पपत्र सार्वजनिक कार्यक्रममा आर्थिक एजेण्डा प्रस्तुत गर्दै डा वाग्लेले आर्थिक विकासका लागि बाधक बनेका अर्थतन्त्र र आर्थिक उदारीकरणसँग जोडिएका करिब ४० ऐन संशोधन तथा नयाँ ऐन बनाउने पार्टीको कार्ययोजना रहेको बताउनुभयो ।

‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधार ः नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने मूल नारासहित कांग्रेसले निरन्तरतामा नवीनता र समुन्नत नेपालको मार्गचित्रसहितका विषयवस्तु प्रस्तुत गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि ल्याएको सङ्कल्पपत्रमा पाँच वर्षभित्र १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने र न्यूनतम वार्षिक सात प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने प्रतिबद्धता जनाएको छ ।

पाँच वर्षको अवधिमा गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच अभिवृद्धि गर्दै सबैलाई स्वास्थ्य बीमा, सवल स्वास्थ्य प्रणालीको अवधारणासहित ‘तीन त्रिहत्तर’को अवधारणा अघि सारेको कांग्रेसले तीन वर्षमुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरिने घोषणापत्र लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post 1xbet Download Android Cihazlarda 1xbet Yükləyi
Next post नेपालका शीर्ष नेता झापामा चुनावी प्रचार प्रसारमा व्यस्त बन्दै