नेपालका शीर्ष नेता झापामा चुनावी प्रचार प्रसारमा व्यस्त बन्दै
१३ कार्तिक २०७९/डिकेश लामा
शीर्ष नेता नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली २ दिन देखि आफ्नो निर्वाचन क्षेत्रमा चुनाबी प्रचारप्रसारमा जुट्नु भएको छ । गृह नगर दमकमा भएको उम्मेद्वार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यसपटकको निर्वाचन सामान्य निर्वाचन मात्र नभई देशको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचन भएको बताउनु भएको छ ।
उहाँले अहिले त देश अैठनमा परेको र अर्थतन्त्र ध्वस्त भएको बताउनु भएको छ । यस्तै ओलीले पूर्वपश्चिम रेल मार्गको मुआब्जाममा देखिएको समस्या समाधान ४ मंसिरपछि हुने दाबी गर्नु भएको छ । उहाँले बर्तमान सरकारले उहाँको निर्वाचन क्षेत्रमा रोकेका अधुरा विकासको योजना आफू पुनः सरकारमा गए पछि निरन्तरता पाउने भन्दै जनतालाई आश्वासन समेत दिनु भएको छ । यस्तै आज गौरादहमा भएको कार्याक्रममा बोल्दै ओलीले आफ्नै पार्टीबाट असहयोग हुँदा समेत आफूले विकास गरेको बताउनु भएको छ ।
ओलीलाई सहयोग गर्न नेपाल परिवार दलका अध्यक्ष पूर्व मन्त्री एकनाथ ढकाल तथा राप्रपा पार्टीका केन्द्रिय स्तरका नेताहरुको टोली समेत सँगसँगै कार्याक्रममा पुग्ने गरेका छन् । आज पनि निर्वाचन क्षेत्र नं. ५ को झण्डै आधा दर्जन स्थानको कार्याक्रममा ओलीले सम्बोधन गर्ने तालिका रहेको निर्वाचन प्रचारप्रसार समितिले जानकारी दिएको छ ।