छठ हर्षाेल्लासका साथ साझा सँस्कृति बन्दै (फाेटाे फिचर)

१३ कार्तिक २०७९, झापा– छठ पूजा शुरू भएकाे तेस्राे दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको छ । झापा जिल्लाका मुख्य ७ वटा नदि तथा खाेलामा हर्षाेल्लासका साथ यस बर्ष छट मनाइएकाे छ । जिल्लका मेची, टाङटिङ, विरिङ, कन्काइ, रतुवा, मावा लगायत ताल तलाउ र खोला खाेल्छीकाे किनारमा सिँगारेर झकिझकाउ बनाएर सूर्यको प्राथना गर्दै ब्रतालुहरु छट मनाएका छन् ।

  खोला किनारमा मैथली समाज सहित हिमाली, पहाडी, मारवाडी, बंगालीलगायत सम्पूर्ण जातजातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरिएकाे छ । यस अघि मधेसी समूदायले खास गरी मनाउने छट अहिले साझा सँस्कृतिकाे रूपमा मनाउन थालिएकाे छ । २ बर्ष अघि काेराेना कहरले खासै मनाउन नसकिएकाे छट यस बर्ष भने देशैभरि हर्षाेल्लासका साथ मनाइएकाे छ । यदपी काेराेना शून्य नभइसकेकाे अवस्थामा स्वास्थ्य मापदण्डकाे भने खासै ख्याल गरिएकाे छैन ।

दशकौंदेखिको पूजास्थलको पहिचान बनाएको मेची घाटमा पूजास्थल सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्ती गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालका शीर्ष नेता झापामा चुनावी प्रचार प्रसारमा व्यस्त बन्दै
Next post झापामा हर्सोल्लासका साथ छठ सम्पन्नः शीर्ष नेताहरू छठ पूजामै पुगेर भाेट माग्दै (फोटो फिचर)