झापामा सवै हतियार बुझाइएन

२८ कार्तिक २०७९,झापा

जिल्ला प्रशासन कार्यालय झापाले हतियार बुझाउन सूचना जारी गरे पनि सवै हतियार अझै पनि बुझाइएको छैन । निर्वाचनलाई भय रहित र सुरक्षित बनाउन एक महिना अघि सूचना जारी गरी इजाजत प्राप्त व्यक्तिको नाममा रहेका हतियार बुझाउन भनिएको भए पनि २५ प्रतिशत व्यक्तिले पनि हतियार नबुझाएको जिल्ला प्रशासन कार्यालय झापाले जानकारी दिएको छ ।

निर्वाचन पछि फिर्ता लाने सर्तमा हतियार बुझाउन गरिएको सूचनालाई वेवास्ता गरे पछि नजिको प्रहरी कार्यलय मार्फत फलोअप गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनु भयो । रिजालको अनुसार हतियार नबुझाइएकाहरुको नजिकको प्रहरी कार्यालयबाट फलोअप गर्ने कार्य भइरहेको छ । जिल्लामा ७ सय ६६ मतदान केन्द्र मध्ये ३ सय ७१ संवेदनशील र २ सय ८१ वटा अति संवेदनशील केन्द्रमा रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुसली नेपालले बताउनु भयो ।
जिल्लामा २ वटा अस्थायी स्थल्र समेत स्थापना गरिएको छ । जसमा जिल्ला कारागार भित्र एक र बाहिर एक वटा निर्वाचन स्थल स्थानपना गरिने छ । जिल्लामा २ सय ८५ स्थायी र २ वटा अस्थायी मतदान स्थल रहने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post राना तीन दशकदेखि जनप्रतिनिधि भएर जनतासँगः के छ उहाँकाे भनाइ? (भिडियाे कथा)
Next post भारतीय सीमा नाका ३ दिन बन्द हुने