भारतीय सीमा नाका ३ दिन बन्द हुने

२८ कार्तिक २०७९, झापा– आसन्न निर्वाचनलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय झापाले मंसिर १ गते मध्यरातिदेखि ४ गते मध्यरातसम्म नेपाल भारत सीमा नाका बन्द गर्ने जनाएको छ ‌‌।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आज सूचना जारी गरी तीन दिनका लागि नेपाल भारत सीमा नाका बन्द हुने जानकारी दिनु भएकाे हाे । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित बनाउन सीमावर्ती नाका बन्द गरेको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनु भयाे । नाका बन्दका क्रममा अत्यावश्यक बाहेक सीमाबाट आवगमन निषेध गरिएको प्रशासनद्धारा जारी सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा सवै हतियार बुझाइएन
Next post झापाकाे पत्रकार उपचार कोषमा ६४ लाख पुग्याे