प्रम ओलीले अदालतकाे अवहेलना गरेकाे भन्दै निवेदन र प्रश्न
११ माघ २०७७, काठमाडौँ — सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको छ । ओलीमाथि कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भन्दै कारबाहीको माग सहित आज वरिष्ठ अधिवक्ता कुमार शर्माले निवेदन पेस गर्नु भएकाे छ ।प्रधानमन्त्री ओलीले २ दिनअघि बाजे वकिल भनी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि व्यंग्य गर्नु भएकाे थियाे ।
यस्तै यता प्रतिनिधिसभा विघटनबारे सुनुवाइ जारी रहेकाे संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भन्दै कानुन व्यवसायीले प्रश्न समेत उठाएका छन् ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले खुलेआम अदालतको अवहेलना गरेको भन्दै इजलासको ध्यानाकर्षण गराउनु भएकाे छ। उहाँले प्रधानमन्त्रीले सार्वजनिक मञ्चहरूमा सर्वोच्च अदालतको विषयमा हस्तक्षेप हुनेगरी अभिव्यक्ति दिइरहेको बताउनु भएकाे छ ।
जवाफमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बजारका कुरा सुनिसाध्य नभएको बताउनु भएकाे छ । उहाँले इजलासमा उठेका विषय मात्रै सुन्ने जवाफ दिनु भएकाे छ ।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको विषयलाई लिएर तमासा भइरहेको अभिव्यक्ति दिनु भएकाे थियाे ।