नेपालमा आज ४०३ निकाे, २७० संक्रमित

११ माघ २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ४ सय ३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६४ हजार १ सय ३७ जना छन् ।

नेपालमा निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको छ । यस्तै गत २४ घण्टामा थप २ सय ७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २७० जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट गत जेठ ४ गते सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिलाको मृत्यु भएको थियो ।

नेपालमा संक्रमितमध्ये शुन्य दशमलव ७ प्रतिशतको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आजदेखि सातवटै प्रदेशमा खाेप पठाउन थालियाेः माघ १४ गतेबाटै खाेप लगाउन थालिने प्रम ओलीकाे भनाइ
Next post प्रम ओलीले अदालतकाे अवहेलना गरेकाे भन्दै निवेदन र प्रश्न