नेपालमा कोरोना संक्रमणको एकैदिन ३४३९ संक्रमित

नेपालमा कोरोना संक्रमणको  एकैदिन ३४३९ संक्रमित

 
facebook sharing button
messenger sharing button

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ३४३९ थपिएका छन् । याे संख्या नेपालमा अहिलेसम्मकै सवैभन्दा धेरै हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १४२०९ जनाको पीसीआर परीक्षण गर्दा ३४३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यसैबीच, उपत्यकामा मात्रै १६८४ जना संक्रमित भएका छन् । काठमाडौंमा १२९६, भक्तपुरमा ९५ ललितपुरमा २९३ जना संक्रमित भए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११२६ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७२ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ६८६६८ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post जहाज दुर्घटना हुँदा २५ को मृत्यु
Next post राधा कृष्णको बार्षिक साधारणसभा सम्पन्न