राधा कृष्णको बार्षिक साधारणसभा सम्पन्न

नयाँ समितिकाे अध्यक्षमा पुनः लकाँइ

२४ अशोज २०७७
दमक–लामो लकडाउनले धार्मिक तथा सामाजिक गतिविधिमा असर परिरहेको वेला झापाको दमक वडा नंं ३ मा आज राधाकृष्ण मन्दिरको बार्षिक साधारणसभा गरिएको छ ।
लकडाउन र कोराना भाइरस संक्रमणले लामो समय रोकिएको साधारणसभा निश्चित सदस्यहरुको भेला गराई सम्पन्न गरिएको छ । साधारणसभाले नयाँ मन्दिर संचालन समिति समेत गठन गरेको छ । रामचन्द्र भणडारीकाे अध्यक्षतामा गठित निवार्चन समितिले  समितिको अध्यक्षमा भिमप्रसाद लकाईं, उपाध्यक्ष मनमाया केसी, सचीव नारायण अधिकारी, सहसचीव सम्झना विष्ट, कोषाध्यक्ष पवित्रा खड्का र सदस्यहरुमा गीता बस्नेत, टंक केसी, लोकबहादुर दर्जी र लक्ष्मी तामाङलाई सर्वसहमतीबाट चयन गरिएको छ ।
समितिले यस अघि गरेका सामाजिक भवन निर्माण, मन्दिर परिसर सुधार, पुराण कार्याक्रमका हिसाव समेत सार्वजनिक गरेको समितिका पूर्व सचिब कुमार श्रेष्ठले बताउनु भयो । कार्याक्रमका प्रमुख अतिथि रहनु भएका दमक वडा नं. ३ का वडा सदस्य गजेन्द्र धिमालले मन्दिरले गरेका काम कार्वाही चुस्त दुरुस्त राख्न सुझाव दिनु भएको छ । यस्तै उहाँले आगामी दिनमा पिछाडिएका क्षेत्रको विकासमा जनप्रतिनिधिले समेत विशेष चासो दिने बताउनु भयो । कार्याक्रममा छवि आचार्य, अमर केसी, संचारकर्मी डिकेश लामा, नारायण अधिकारीले ग्रामिण क्षेत्रको विकासमा धार्मिक कार्यले पुर्याएको सहयोगबारे चर्चा गर्दै निरन्तरता दिन जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा कोरोना संक्रमणको एकैदिन ३४३९ संक्रमित
Next post ऐतिहासिक लाओती लिम्बु वंशावली विमोचन