मतदानमा प्रहरीले गाेली चलाउँदा एक जनाकाे मृत्युः ३ जना घाइते
४ मंसीर २०७९, धनगढी– बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको छ ।
मृतकको शव अहिले मतदान स्थलमा रहेको विद्यालयमा राखिएको छ । घटनास्थलमा रहेका पत्रकार पारश विक्रम शाहले अएडीको मृत्यु भएको र घटनास्थलमा प्रहरीले हवाइ फायर गरेको जानकारी दिनु भएकाे छ ।
यस क्रममा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अएडी रहेका छन् । घाइते तीनै जनालाई अहिले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाइ फायर गरेको बुझिएको छ । उक्त स्थानमा अहिले मतदान पनि रोकिएको छ । याे सहित नेपालमा १५ स्थानमा मतदान स्थगित भएकाे निर्वाचन अायाेगले जनाएकाे छ ।