झापामा मत गणना जारी: ओली, लिङदेन र शर्माको अग्रता शुरु (फाेटाे फिचर)

५ मंसीर २०७९/डिकेश लामा
नेपालमै दोस्रो धेरै मतदाता रहेको झापा जिल्लामा सोमबार ५ वटै निर्वाचन केन्द्रमा मत गणना शुरु भएको छ ।
सोमबार वेलुका साढे ९ बजेसम्मको मत परिणाम अनुसार यसबीचमा निर्वाचन क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ४ हजार १ सय ८१ मत ल्याएर दोब्बर संख्याले अग्रता कायम रहेको छ । उहाँको निकटम प्रतिद्वन्द्वीको रुपमा नेपाली काँग्रेशका डा. खगेन्द्र अधिकारीको २ हजार १९ मत आएको छ ।


यस्तै यता निर्वाचन क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले अग्रता लिन थाल्नु भएको छ । पछिल्लो मत १ हजार ९ स ६४ मत आउँदा उहाँको निकटतम प्रतिद्वन्द्वी कृष्ण सिटौलाको १ हजार ५ सय २ मत आएको छ ।
यता निर्वाचन क्षेत्र नं. १ मा भने नेपाली काँग्रेशका महामन्त्री गठबन्धनका अम्मेद्वार विश्वप्रकाश शर्माको अग्रता रहेको छ । उहाँको ३ हजार ९ सय ६१ मत आएको छ । यता एमालेका अग्नी खरेलको भने २३५९ मत आएको छ ।
यता निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका देवराज घिमिरेले अग्रता लिनु भएको छ भने उहाँको निकटम प्रतिद्वन्द्वीको रुपमा भद्रप्रसाद नेपालले पछ्याउने क्रममा हुनु हुन्छ ।


यस्तै निर्वाचन क्षेत्र नं. ४ मा भने स्वतन्त्र राष्ट्रिय पार्टीका शम्भु ढकालले अग्रता लिँदै आउनु भएको छ ।  यता प्रदेश सभा सदस्यको मत भने झापाको निर्वाचन क्षेत्र नं. १ मा मात्र शुरु भएको छ । १ को १ मा नेकपा एमालेका रविन कोइरालाई २ सय मतान्तरमा गोपाल तामाङले १ हजार ५ सय ३४ मत प्राप्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मतदानमा प्रहरीले गाेली चलाउँदा एक जनाकाे मृत्युः ३ जना घाइते
Next post 1XBET APP 1xbet Mobile ᐉ Cкачать приложение 1xBet APK Андроид & Айфон ᐉ md-1xbet co