२१ मंसिर २०७९,हुम्ला- हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किए पनि सकुशल अवतरण गरिएको छ । नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो । चिल जातीकाे चरा जहाजकाे अघिल्लाे भागमा ठाेक्किएकाे भागमा क्षति पुगेकाे छ । अदानचुली गाउँपालिकाको मुने लेकनजिकै चिल ठोक्किएको तारा एयरका कर्मचारीले जानकारी दिएका छन् । दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ ।
यद्यपि, जहाजमा सवारहरू भने सकुसल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ । जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना सवार रहेको थिए ।