झापामा हर्साेल्लासका साथ सामुहिक उधौली पर्व मनाइयो (फोटो फिचर)

२२ मंसिर २०७९/सारासन्देश समाचार
मंसीरे पूर्णिमाका दिन विहीबार झापाका विभिन्न क्षेत्रका किरातीहरुले उधौली पर्व धुमधामसँग मनाएका छन् । किरात समूदायमा अन्नबाली, प्रकृति र कुल देवताको पूजा गर्दै यो वर्प मनाइने गरिन्छ । यो पर्वलाई लिम्बु जातिले चासोक तङनाम, राईले साकेला, याख्खाले चासुवा र सुनुवारले फौलस्याँदरको नामबाट उधौली पर्व मनाउने गर्दछन् ।


किराती समूदायमा मनाउने उधौली पर्वलाई नयाँ बाली धान, मकै कोदोलाई विधिपूर्वक चढाएर मात्रै खाने चलन रहेकोले यो पर्व मनाएको किरातीका अगुवाहरुले बताएका छन् । झापा जिल्लामा रहेका २८ वटा किरातीहरुको साकेला थानमा आज पुजाआजा गरिएको छ । सँस्कृतिको विकासका लागि साकेला नृत्य, छेलो हान्ने खेल लगायतका कार्याक्रम समेत गरिएको छ । यस्तै किरात राई यायोक्खा नगर कार्य समितिको आयोजनामा गरिएको कार्याक्रममा उत्कृष्ट हुनेहरुलाई नगद पुरस्कार समेत वितरण गरिएको छ । दमक नगरपालिकाका प्रशासकीय अधिकृत शशि राईको प्रमुख आथित्यमा भएको कार्याक्रममा किराती समूदायका अगुवाले साँस्कृतिक विकासमा राज्यले चासो दिनु पर्ने बताएका छन् ।


कार्याक्रममा किरात राई यायोक्खा जिल्ला समितिका पूर्व सचिव दिपेन वाला राई, दमक नगरका उपाध्यक्ष धनजित राई लगायतले सँस्कृतिको पहिचानको संरक्षणमा जोड दिनु पर्ने बताएका छन् ।
झापाका खासगरी दमक, कमल, शिवसताक्षी, विर्तामोड लगायतका विभिन्न क्षेत्रमा जातिय पहिरन सहित साकेला, हाक्पारे, पालम लगायतका साँस्कृतिक गायन तथा नाच सहित पूजाआजा समेत गरेर यो पर्व मनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post जहाजमा चील ठाेकिन्दा जहाजमा क्षति, सकुशल अवरण
Next post दमकले थाल्यो विधालय शिक्षा सुधार कार्याक्रम (फाेटाे फिचर)