दमकले थाल्यो विधालय शिक्षा सुधार कार्याक्रम (फाेटाे फिचर)

२२ मंसिर २०७९/डिकेश लामा
झापाको दमक नगरपालिकाले सामुदायिक विधालय सुधारमा जोड दिएको छ । चालु आर्थिक बर्षमा १ करोड बजेट विनियोजन गरी शिक्षाको गुणस्तर बृद्धिमा विभिन्न कार्याक्रम संचालन गर्ने प्रकृयाको थालनी गरिएको छ ।
आज दमक नगरपालिका क्षेत्र भित्र भएका सवै विधालयका प्राध्यापक, अध्यक्ष र जनप्रतिनिधि सहित बसेको अन्तकृया छलफल कार्याक्रमले अनुदानमा आधारित गुणस्तर शिक्षा कार्याक्रम संचालनका लागि सवै सामुदायिक विधालयले शुरु गर्नु पर्ने दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनु भयो । प्रमुख थापाले भाैतिक पूर्वाधारकाे विकास दिगाे नभइ शिक्षाकाे विकास दिगाे विकास अनिवार्य भएकाले यसलाइ विशेष जाेड दिएकाे बताउनु भयाे   । उहाँले याे कार्यक्रम पारित गर्न र तयारीमा जुट्नु हुने सवैलाइ धन्यवाद दिँदै कार्यन्वयनकाे पक्षमा सवैलाइ लाग्न अाग्रह गर्नु भयाे ।


विधालय शिक्षा सुधार कार्याक्रम २०७९ नाम दिएको शैक्षिक सुधार कार्याक्रमले नगरमा रहेका २३ वटा विधालयलाई सूचक दिएर सोही अनुरुपका मापदण्ड कार्यान्वयन जोड दिनु पर्ने कार्याक्रमका सहजकर्ता डिल्लि भट्टराईले बताउनु भयो ।


कार्याक्रममा विधालय र विधार्थीको क्षमता विकासका लागि विधार्थीको प्रतिभा पहिचान, विधार्थी सहयोग कोष व्यवस्थापन, विपन्न विधार्थी सहयोग लगायतका कार्याक्रम समेत संचालन गरिने दमक नगरपालिकाकी उपप्रमुख कार्याक्रमकी संयोजक रेगिना भट्टराई प्रसाईले बताउनु भयो ।


कार्याक्रम कार्यान्वयका लागि यो पहिलो चरणको अभिमुखिकरण कार्याक्रम गरिएको हो । यो कार्याक्रम पछि विधालयले विभिन्न सूचक र मापदण्ड पुरा गरेर विधालय सुधारमा गुणात्मक कदम थालिने बताइएको छ । काम र प्रगतिको आधारमा अनुदान समेत दिने गरी ८० लाख बजेट समेत विनियोजन भएको छ । झापामा शिक्षा क्षेत्रमा सुधार गर्न स्थानीय तहले पहिलो पटक यस्तो खालको कार्याक्रम गरेको कार्याक्रमका बक्ताहरुले बताएका छन् । यो कार्याक्रमले विधालयको सुधारमा टेवा पुग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा हर्साेल्लासका साथ सामुहिक उधौली पर्व मनाइयो (फोटो फिचर)
Next post विश्व मानव अधिकार दिवशः स्वदेश फर्कन भूटानी शरणार्थीको माग (फाेटाे फिचर)