मुख्य राजनैतिक दलले लगाए समानुपातिक सांसद टुंगो

२४ मंसीर २०७९,काठमाडौं– हालै सम्पन्न प्रतिनिध तथा प्रदेशसभा सदस्यकाे प्रतिनिधि सदस्यकाे समानुपातिक काेटामा परेका सांसदकाे मुख्य राजनैतिक दलले नाम टुङगाे लगाएकाे छ । नेपाली कांग्रेसकाे शनिबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले समानुपातिक सांसद टुंगो लगाएको हो । कांग्रेसले तीन पुरुषमा दलितबाट जीवन परियार, मधेसीबाट विमलेन्द्र निधि र खसआर्यबाट प्रकाशरण महत चयन गरेको छ ।

यस्तै महिलातर्फ खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावल चयन भएका छन् । आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी लिम्बु, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम आयोगमा पठाइएको छ । दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन् । मधेसीतर्फ नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल चयन भएका छन् भने मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसद चयन भएका छन् ।

यसै गरी नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको छ । आज ललितपुरस्थित पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका ३४ र सातवटै प्रदेशसभाका ९१ सांसदको टुङ्गो लगाएको छ ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार प्रतिनिधिसभातर्फ ३४ जनामा महिला २२ र पुरुष १२ जना रहेका छन् । उहाँका अनुसार आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई र महिलातर्फ नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा रहनुभएको छ ।

खस आर्यतर्फ पुरुषतर्फ रघुजी पन्त, एकनाथ ढकाल र पिछडिएको क्षेत्रबाट दयालबहादुर शाही रहनुभएको छ । महिलातर्फ मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल, थारू महिलातर्फ आश्माकुमारी चौधरी र शान्ति चौधरी रहनुभएको छ ।

दलित पुरुषतर्फ ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान र चन्द्रबहादुर विश्वकर्मा तथा महिला दलिततर्फ रुकमणि राणा बराइली र हर्कमाया विश्वकर्मा रहनुभएको छ । मधेसी पुरुषतर्फ गङ्गाप्रसाद यादव, अमृतराज लालवंशी, महिला मधेसीतर्फ बिनादेवी, अमृतादेवी अग्रहरि र प्रतिक्षा तिवारी मुखिया तथा मुस्लिमतर्फ सराज अहमद फारकी रहनुभएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो ।

यस्तै तेस्राे स्थानमा रहेकाे नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको १४ जनाको अन्तिम नामावली छनोट गरेको छ । माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको अन्तिम सूचीअनुसार दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङल्यामु लामा तामाङ, हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा, रुपा सोसीचौधरी, रणेन्द्र बराइली, सुशीला श्रीपाली ठकुरी, मीना यादव, उमरावतीदेवी यादव र कल्पना मियाँ रहनुभएको छ ।

माओवादी केन्द्रको आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले ती नामावलीलाई अन्तिम रुप दिएको हो । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादी प्रत्यक्षतर्फ १८ स्थानमा विजयी भएको थियो । यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ १४ सिट प्राप्त गरेको छ । पदाधिकारीको बैठकले टुङ्गो लगाएका नाम निर्वाचन आयोगमा बुझाइसकेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विश्व मानव अधिकार दिवशः स्वदेश फर्कन भूटानी शरणार्थीको माग (फाेटाे फिचर)
Next post हिंसा विरुद्ध लड्न सफल दमकका ढेड दर्जन महिलालाई सम्मान