हिंसा विरुद्ध लड्न सफल दमकका ढेड दर्जन महिलालाई सम्मान

२५ मंसिर २०७९/डिकेश लामा
झापाको दमकमा हिंसामा परेर पनि जीवनमा सफलता प्राप्त गर्ने ढेड दर्जन महिलालाई आज एक साथ सम्मान गरिएको छ । गएको मंसीर ९ गते देखि शुरु भएको महिला हिंसा विरुद्ध १६ दिने अभियानको समापन गर्दै दमक नगरपालिकाले १८ जना महिलालाई सम्मान गरेको हो । कार्याक्रमका दमक नगरपालिकाका प्रमुख रामकुमार थापा सहित महिला नेतृत्व लगायतले दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको छ ।
सम्मानित हुनेमा साहित्यकार सुमित्रा वाङदेल चेली, संचारकर्मी मिना विश्वकर्मा, भूटानी शरणार्थी अनुजा राई, प्रतिता पौडेल, संगिता न्यौपाने, सुजता खत्री, दुर्गा माझी, गिता घिमिरे, राधिका ओझा, समुन्द्रा लामा, सिता धिमाल, दिलमाया रिजाल, पदमकुमारी लिम्बु, सरस्वती लिम्बु, हर्कमाया राई, कमला घिमिरे, राधिका कार्की, झुमा देवी भण्डारी रहनु भएको छ । लैंगिक तथा अन्य प्रकारको हिंसाका कारण एकल जिवन गुजारा गरेर पनि विभिन्न पेशा तथा व्यवसाय गरेर सफल बनेका महिलालाई थप प्रेरणाका लागि सम्मान गरिएको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंले बताउनु भयो ।


२१ आंैं सताब्दी पार गरिसक्दा समेत नेपालमा भने अझै पनि हिंसा गर्नु हुँदैन भन्ने कुरामा सचेतना दिनु पर्ने अवस्था रहेको कार्याक्रमका अगुवा नेतृत्वले बताएका छन् । समाजमा अझै पनि जात, वर्ग र लिंगका आधारमा हुने हिंसा अन्त्य हुन नसकेको सामाजिक अभियन्ताले बताएका छन् । कार्याक्रममा सचेतना अभियानमा सहभागी १ दर्जन बढी संघसंस्थालाई प्रंशसा पत्र समेत प्रदान गरिएको छ ।
यस्तै सोही कार्याक्रमको अवसरमा नगरमा वसोवास गर्ने सिमान्तकृत उराव समूदायका ७ जना विपन्न परिवारका विधार्थीलाई साइकल वितरण समेत गरिएको छ । शिक्षा लिनका लागि सहजता होस् भन्ने हेतुले साइकल प्रदान गरेको दमक नगरपालिकाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मुख्य राजनैतिक दलले लगाए समानुपातिक सांसद टुंगो
Next post भूटानी शरणार्थीका अगुवा राई तेस्रो देश पुनर्वास (भिडियाे कथा)