समस्याकाबीच हिउँदमा हुलाकी सडक संचालन (फाेटाे फिचर)

३ पुस २०७९/बालदिवश तामाङ

बहुप्रतिक्षित हुलाकी सडकको केही स्थानमा पुल नबने पनि हिउँदको समयमा सडक भने समस्यकाबीच पनि संचालनमा आउन थालेको छ । झापा जिल्लाको ४८ किलोमिटर सडक खण्डमा पर्ने विरीङ्ग र कन्काई नदिको पुल बाहेक क्षेत्रमा कालो पत्रे निर्माण भएकाले हिउँदमा सडक संचालनमा आउन थालेको हो । पछिल्लो समय हिउँदमा भद्रपुर देखि विराटनगर आवातजावात गर्ने मानिसहरु हुलाकी सडक भएरै हिड्ने गरेका छन् । खासगरी दक्षिणी भूभागका मानिसहरु मोटर साइकल र निजी सवारी साधानबाट विराटनगर र झापा ओहोर दोाहोर गर्ने गरेका छन् ।

हुलाकी सडक खण्ड अन्तर्गत झापामा ४८ किलो मिटर सडक पर्दछ । पुल बाहेकका काम सम्मन्न भए पछि दक्षिणी भूभागका मानिसका लागि छोटो र सिधा मार्ग भएकाले हुलाकी सडक नै प्रयोग हुन थालेको छ । तर कन्काई र विरीङ्गको पुल बनेकाले सडक संचालनमा सहजता नभएको सो क्षेत्रमा पर्ने झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताउनु भयो । शाहका अनुसार सवै क्षेत्रमा कालो पत्रे भईसक्दा समेत पुल नबकेकाले सडकको उचित प्रयोग हुन सकेको छैन । हिउँदमा गाडी चले पनि बर्षातमा यातायत ठप्प हुने भएकाले चाँडो पुल निर्माण गर्न ठेकेदार कम्पनिलाई बारम्बार आव्हान गर्दा समेत आफूहरुलाई अटेर गरेको उहाँले बताउनु भयो ।

१० बर्ष देखि निर्माण थालिएका यी दुई वटा पुलले हरेक निर्वाचनमा भोट माग्ने भाडाको काम गर्दै आएको छ । तर यस पटक आफ्नो कार्यकालमै पुल निर्माण सक्ने पुन निर्वाचित हुनु भएका सो क्षेत्र झापा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सांसद एलपी साँवाले बताउनु भयो । साँवाले यस अघि देखि नै पहल गरे पनि पुल निर्माणमा ढिलाई भएकाले अव चाँडै पुल निर्माण गर्न आफूले ठेकेदार कम्पनिसँग कुरा गरेको उहाँले बताउनु भयो ।

जिल्लामा हुलाकी सडक खण्ड अन्तर्गत १८ वटा पुल मध्ये २ वटा पुल बाहेकका क्षेत्रमा कालोपत्रे भइसकेको छ । अधुरा पुल निर्माणमा सरकारले जोड दिने हो भने वर्षौं देखि समस्यामा रहेको दक्षिणी झापाको ठूलो विकास हुने स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post इन्धनको मूल्य प्रति लिटर ३ रूपयाँ घट्याे
Next post छुटिएको ३० बर्ष पछि भूटानी काफ्ले पारिवारको भेटघाट (भिडियाे कथा सहित)