छुटिएको ३० बर्ष पछि भूटानी काफ्ले पारिवारको भेटघाट (भिडियाे कथा सहित)

४ पुस २०७९/डिकेश लामा
भूटानबाट ३ दशक अघि देश छाडेर ५ वटा मुलुक छरिएका नेपाली भाषी भूटानीहरुले प्रवासमै भए पनि एकै स्थानमा भेला हुने अवसर पाएका छन् । जोङदा भूटानका काफ्ले परिवारले सामाजिक संजाल मार्फत सूचना दिएर गरिएको धार्मिक कार्याक्रमले भेटघाटको अवसर जुराएको हो । विश्व प्रवास दिवशको अवसरमा पितृहरुको सम्झनामा गरेको एक धार्मिक कार्याक्रमले देशबाट लखेटिदा देखि ३० बर्ष पछि भेटघाट हुँदा परिवारबीच खुशीको आँशु झरेको छ ।

डम्बरसिंह अर्थात डीएस काफ्ले नेपालीभाषीको अधिकारको माग गर्दै भूटान चिराङ जिल्लाको जोङ्दा अफिस अगाडि सडकमा उत्रनु भएको ३२ बर्ष वितेको छ । आन्दोलन गरेकै निहुँमा देश छाडेर भाग्नु परेको उहाँको उमेर अहिले ७२ बर्षको भएको छ । उसबेला छोडिएका परिवारबीच भेटुन पाउँदा उहाँलाई जिवनमै सवैभन्दा धेरै खुशी लागेको उहाँले बताउनु भएको छ ।

काफ्ले परिवार भूटान छाडे पछि भारत, नेपाल हुर्दै अमेरिका, अष्ट्रेलियासम्म छरिन पुगेका छन् । तर हिन्दु धर्म अनुसार पितृहरुको सम्झनामा मन्दिर स्थापना गर्न हालै झापाको दमक वडा नं. ३ पिपिरेमा गरिएको एक कार्याक्रमले छुटिएका परिवारबीच भेला हुने अवसर प्राप्त भएको अमेरिकाबाट आउनु भएका काफ्ले परिवारका कान्छा भाइ गोपाल काफ्लेले बताउनु भयो ।

३० बर्ष पछि भेटघाट हुँदा दोस्रो र तेस्रो पुस्ताबीच चिनजान गर्नु पर्ने अवस्था आउँदो रहेछ । पितृको सम्झनामा गरिएको कार्याक्रमले ५ वटा देशबाट भेटघाट गर्ने अवसर दिएको आफन्तले बताएका छन् ।

नेपाली भाषी भूटानी परिवारमा काफ्ले परिवार त एउटा उदाहरण मात्र हुन् । उनीहरु जस्तै हजारौं परिवारहरुको अझै पनि पूर्णरुपमा पारिवारिक मिलन र समस्या समाधान हुन नसकेको पूर्वी नेपालको शरणार्थी शिविरमा बसोवास गर्दै आएका भूटानी अगुवाहरुले बताएका छन् ।

भिडियाे कथा हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post समस्याकाबीच हिउँदमा हुलाकी सडक संचालन (फाेटाे फिचर)
Next post जंगली हात्तीकाे आक्रमणबाट झापामा एक जनाको मृत्यु