नेपालमा आज २८५ निकाे ३०३ संक्रमित

१३ माघ २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा २ सय ८५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६४ हजार ८ सय २३ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव १ प्रतिशत रहेको छ ।

यसैबीच आज थप ३ सय ३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ५ सय ७४ जनाको गरिएको पीसीआर परीक्षणमा ३ सय ३ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०१७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भन्सार छलिका ३ करोड बढी मुल्यका सामान बरामद
Next post प्रदेश एकका ३५ हजार स्वास्थ्यकर्मीलाइ भाेलि देखि खाेप लगाइने