भाइबुहारीबाटै बाँस्ताेलाकाे हत्या भएकाे खुलासा

८ पाैष २०७९,झापा– झापाको शिबसताक्षी नगरपालिका वडा नं. १० टेक्रा स्थित कन्काई बगरको कासघाँरीमा मृत फेला परेका इलाम देउमाई घर भई कन्काई नगरपालिका वडा नं. ४ मा बस्ने पदमलाल बास्तोलाको हत्या भाईबुहारीले गरेको बताइएकाे छ ।

मृतकको आफ्नै बुहारी (भाईको श्रीमती) ४८ की रनमाया बास्तोलाले उनलाई हँसिया प्रहार गरेर हत्या गरेको खुलेको हो । रनमायालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा पुष ६ गते घाँस काट्न गएको बेला हँसिया प्रहार गरेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्याल झापाले जनाएको छ । हत्या किन गरियाे भन्ने कुरा खुलाइएकाे छैन । हत्या अभियाेगमा रनमायालाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गठबन्धनकै सरकार बन्छः मुख्यमन्त्री राई
Next post भूटानी शरणार्थी संग्राहलय बनाउन छलफल