निर्माण सम्पन्न भएकाे ढेड बर्ष पछि मितेरी पुल संचालनमा

१७ पुस २०७९, झापा– निर्माण सम्पन्न भएकाे ढेड बर्ष पछि पूर्वी एशियाली देशहरूलाई जोड्ने एशियाली राजमार्ग अन्तर्गत मेचीनगर काँकडभिट्टाकाे मितेरी पुल संचालन गरिएकाे छ ।
मेची भन्सार कार्यालय र भारतीय भन्सार कार्यालयका अधिकारीहरूले आइतबार आ–आफ्नो मुलुकको झण्डा फहराउँदै यातायातका साधनलाई प्रस्थान अनुमति दिएर पुल सञ्चालनमा ल्याइएको हो । मितेरी पुलकाे लम्बाइ ५ सय ७५ मिटर रहेकाे छ ।
नवनिर्मीत पुलको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले नेपालतिर र नक्सलबारी भन्सार डिभिजनका उपआयुक्त छिरिङ शेर्पाले रिबन काटेर उद्घाटन गर्नु भएकाे हाे  । अाैपचारिकरूपमा अाज उद्धाटन गरिए पनि पुल भने संचालन मै रहेकाे थियाे ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले २०७३ सालमा पुल निर्माणको सम्झौता गरेका थिए । पुलको आधा भाग नेपाली सीमाभित्र र आधा भाग भारतमा छ । एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना अन्तर्गत एसियाली विकास बैङ्कको भारतीय एक अर्ब ६० करोड ऋण सहयोगमा भारत सरकारले नै पुलको निर्माण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post जंगली हातीले घर भत्काउँदा झापामा महिलाकाे मृत्यु
Next post प्रधानमन्त्री दाहालले आगामी २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने