जंगली हातीले घर भत्काउँदा झापामा महिलाकाे मृत्यु

१७ पाैष २०७९, झापा– झापा शिवसताक्षी नगरपालिका वडा न. ११ स्थित दुधेमा आएका चार वटा हात्तीले एउटा घर भत्काउनुका साथै आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
आइतबार बिहान करिब साढे २ बजे हात्तीले शान्तिराम भण्डारीको व्लकबाट बनेको एक तले घर भत्काउदा व्लकले टाउकोमा लागेर बेहोस भएकी भण्डारीकी श्रीमती ६१ बर्षिया कृष्णमाया भण्डारीको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापामा १ दशक यता ५६ जनाकाे मृत्यु भएकाे छ भने ढेड दर्जन हाराहारीमा जंगली हातीकाे मृत्यु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकमा टोपी दिवशकाे अवसरमा शताब्दी पुरुष दाहाललाई सम्मान (फाेटाे फिचर)
Next post निर्माण सम्पन्न भएकाे ढेड बर्ष पछि मितेरी पुल संचालनमा