आगलागीमा परेर पाँचथरमा नन्द भाउजुकाे मृत्यु

२० पाैष २०७९,पाँचथर– पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको छ । यस्तै अन्य दुई जना घाइते भएका छन् । स्थानीयवासी मेघबहादुर गुरुङको घरमा गए राति १ः३५ बजे अचानक भएकाे आगलागीमा उहाँकाे बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका र अन्य तीनजना भने भागेर बाँच्न सफल भएका छन् । आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा त्यहाँ भएको अन्नपात, गरगहना, किराना पसलसमेत गरी अनुमानित ५० लाख बराबरको धनमाल क्षति भएको हुनसक्ने उहाँले बताउनुभयो । अन्य कारण नदेखिएको हुँदा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अनिश्चितकालका लागि राहदानी सेवा रोकियो
Next post कबड्डी खेल्नेक्रममा दमकमा एक विद्यार्थीको मृत्यु