
कबड्डी खेल्नेक्रममा दमकमा एक विद्यार्थीको मृत्यु
२० पाैष २०७९, झापा– विधालयमा कबड्डी खेल्नेक्रममा झापाको दमक नगरपालिकामा एक विद्यार्थीको मृत्यु भएको छ । संखुवासभा भोटेखोला गाउँपालिका-४ घर भई दमक नगरपालिका वडा नं.-४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययनरत १८ वर्षीय लाप्टुक भोटेको मृत्यु भएको हो ।
विद्यालयले अाज बुधबार दिउँसो आयोजना गरेको खेलकुद प्रतियोगिताअन्तर्गत कबड्डी खेल्नेक्रममा भोटे अचानक बेहोस भएर मैदानमा लडेका थिए । उनको उपचारका लागि बिर्तामोडतर्फ लाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएकाे छ । प्रहरीका अनुसार भोटे संखुवासभा जिल्लास्तरीय कबड्डी खेलाडी हुन् । उनको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
More Stories
दोमुखामा मुक्तिनाथमा जस्तै ढुङ्गाकाे १०८ धारा बनाइने
११ वैशाख २०८२/झापा झापाको निक्कै चर्चित र पुरानो धार्मिक तथा पर्यटकीय स्थल दोमुखमा १०८ धारा निर्माण गरिने भएको छ ।...
बाढीको जोखिम छेक्न धमाधम बाँध निर्माण गरिँदैः बस्ती जाेगिने स्थानीयमा आशा (फाेटाे फिचर)
१० वैशाख २०८२/बालदिवश तामाङ बर्षौं देखि लगातार बाढीले दुःख दिँदै आएको क्षेत्रमा यस पछिल्लो समय धमाधम बाँध निर्माणको काम हुन...
नेपालमा पहिलो पटक झापाकाे गाैरादहमा पोषिलो पराल प्याकिङ गरिँदै (भिडियाे सहित)
दुधकाे लागत घटाएर मनग्य नाफा लिन सकिन्छ यस्ताे आहराबाट ९ वैशाख २०८१/ डिकेश लामा नेपालमा पहिलो पटक परालबाट पशु चौपायाका...
सुस्तायाे घर जग्गाकाे कारोबारः मुल्याङकन बढे पनि राजश्व भने बढेन
८ वैशाख २०८२/बालदिवश तामाङ कोरोना कहर पछि घटेको घरजग्गा कारोवार अझै उठ्न सकेको छैन । आर्थिक तरलताका कारण वैंक तथा...
सुपारी आयात खुलाउँदा स्वदेशी सुपारीकाे बजार सुस्तायाेः सरकारले वुझेन किसानकाे समस्या(फाेटाे फिचर)
७ वैशाख २०८२/डिकेश लामा झण्डै एक दशक देखि निर्यात बन्द हुँदा नेपालको सुपारी किसान देखि व्यवसायीलाई समेत मार पर्दै आएको...
मरिच प्रशोधनमा नयाँ तरिका खोज्दै किसानः मेशिन नुहँदा समस्या
५ वैशाख २०८२/बालदिवश तामाङ बर्षेनी खेती बढ्दै गएको मरिचको गुणस्तर बृद्धि गर्न पराम्परागत शैलीमा नयाँ अभ्यासहरु गर्न थालिएको छ ।...