झापामा पिछाडा समूदायलाई पत्रकारिता प्रशिक्षण
२३ पौष २०७९/झापा
पत्रकारिता क्षेत्रमा कम अवसर पाएका पिछाडा समूदायलाई लक्षित गरी झापामा २ दिने अन्तकृयात्मक प्रशिक्षण कार्याक्रम गरिएको छ । यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय प्रदेश नं. १ को आयोजना र नेपाल पत्रकार महासंघ झापा शाखाको सहकार्यमा बिर्तामोडस्थित होटल हेवनमा भएको प्रशिक्षणमा दलित, आदिवासी, मधेशी, महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक र विछाडा समूदायका यूवा पुस्ताका ४० जनाको सहभागिता रहेको छ । मन्त्रालयका महाशाखा प्रमुख गौतमराज अमात्यको अध्यक्षतामा भएकोे उद्घाटन कार्याक्रममा प्रमुख अतिथि पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष अग्रज पत्रकार भीम नेम्वाङले प्रविधिसँगै आफूलाई विकास गर्न सके अवको पत्रकारितामा धेरै अवसर भएको बताउनु भयो । नेम्वाङले पत्रकारितामा संलग्नहरुले अध्ययन, खोज अनुसन्धानमा विशेष अभिरुची राख्नुपर्ने र प्रविधिमा अब्बल हुनुपर्ने बताउनु भयो ।
प्रशिक्षणको सहजीकरण पत्रकारहरु उमाकान्त खनाल, केशव भट्टराई, डिकेश लामा र मन्त्रालयका अधिकृत गणेशबहादुर कार्कीले गर्नु भएको छ । प्रशिक्षणमा संचार क्षेत्रमा सक्रीय भएर पत्रकारिता गर्नेलाई आगामी दिनमा लेखनबृति दिने खालका कार्याक्रम र तालिम समेत संचालन गरिने पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बताउनु भयो ।
प्रशिक्षण उद्घाटन समारोहमा पत्रकार महासंघ प्रदेश समितिका सदस्य सुरेन्द्र भण्डारी, लीलाराज झापाली, महासंघका राष्ट्रिय परिषद् सदस्य दिपीन राई लगायतको आतिथ्य रहेको छ । प्रशिक्षणमा पत्रकारिताका विविध विषयसँगै आचारसंहिताको बारेमा समेत छलफल गरिएको छ ।