गौरादहको नगरसभा शुरु (फाेटाे फिचर)

२८ पौष २०७९/गौरादह

झापाको गौरादह नगरपालिकाको हिउँदे नगरसभा शुरु भएको छ । चालु आर्थिक बर्षको अर्ध बार्षिक गतिविधिको प्रतिवेदन प्रस्तुत गर्दै ११ औं नगरसभा शुरु भएको छ । आज विहिवार शुरु भएको सभामा नगरका उपप्रमुख जलबर्षा राजवंशी प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । उपप्रमुख राजबंशीले ७८ करोड बजेट मध्ये २६ दशमलव शून्य ८ प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख्य गर्नु भएको छ ।

सभामा हाल ६७ वटा भौतिक पूर्वाधारका योजना निर्माण सम्पन्न, निर्माणधीन र सम्झौता भई कार्यान्वयनको क्रममा रहेको बताइएको छ । नगरप्रमुख छत्रपति सुवेदीको अध्यक्षतामा भएको सभामा गरीबी निवारण, महिला बालबालिका, स्वास्थ्य, शिक्षा र कृषि पशुपंक्षी लगायतका क्षेत्रमा विनियोजित बजेटका आधारमा कार्याक्रम संचालनमा रहेको बताइएको छ । यस्तै अघिल्लो आर्थिक बर्षबाट निर्माण हुँदै आएको योजनाको ८५ प्रतिशत काम भइसकेको बताइएको छ ।

आगामी माघ १७ गते सम्पन्न गर्ने गरी थालिएको सभामा सम्पति कर ऐन, शिक्षा ऐन, स्वास्थ्य निमावली र कार्याविधी समेत पेश गरी पारित गरिने गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post स्वदेशमै उदाहरणीय सफलताः तरकारी खेतीमा १ करोड बढीको कारोवार(फाेटाे फिचर)
Next post खेलाडी लामिछानेलाई धरौटीमा छाड्न आदेश