स्वदेशमै उदाहरणीय सफलताः तरकारी खेतीमा १ करोड बढीको कारोवार(फाेटाे फिचर)

२७ पुस २०७९/डिकेश लामा

रोजगारीका लागि विदेश जाने यूवाहरुको भीड बढ्दै गइरहेको वेला झापाका एक जना यूवाले कृषि व्यवसायमा सफलता प्राप्त गर्नु भएको छ । अर्जुनधारा नगरपालिकाका वडा नं. ८ निवासी ३२ बर्षे युवाले भद्रपुरमा २० विगाह क्षेत्रमा गरेको तरकारी खेतीबाट मासिक ५ लाख रुपयाँसम्म आम्दानी गर्न सफल बन्नु भएको छ । उहाँले हालै आएर बार्षिक १ करोड बढीको सागसब्जी विक्री गर्दै आउनु भएको छ । कुल आम्दानीको ४० प्रतिशतसम्म आम्दानी हुने गरेको उहाँले बताउनु भयो । लहरे तरकारी बाली देखि वेमौषमी सागसब्जी विक्री गर्दै आउनु भएका अधिकारीले दैनिक २ दर्जन बढीलाई रोजगारी समेत दिन समेत सफल हुनु भएको छ ।

भद्रपुर नगरपालिका वडा नं. १० मा २० विगाह क्षेत्रमा गरिएको कृषि फार्मले स्वदेशमै सफल बन्न सकिन्छ भन्ने उदाहरण देखाएको छ । निर्मल अधिकारीले प्रदेश प्रशिक्षण केन्द्रको जग्गा भाडामा लिएर २ बर्ष देखि थालेको कृषि कर्मबाट विदेशमा भन्दा धेरै आम्दानीसँगै अरुलाई रोजगारी दिन समेत सफल बन्नु भएको छ । रोजगारी गर्नेहरुमा अधिक मात्रमा महिलाहरु रहेका छन् । घरधन्दाको काम भ्याएर पनि रोजगारी गर्न पाउँदा उनीहरु खुशी बनेका छन् ।

एकल लगानीमा थालिएको मामाभान्जा कृषि फार्मले पछिल्लो समय स्थानीय क्षेत्रमा रोजगारीको अवसर समेत सृजना गरेको छ । रोजगारी बाहेक कृषि क्षेत्रमा अध्ययन गर्ने विधार्थीका लागि शोध केन्द्र समेत बनेको छ । ठूलो क्षेत्रमा सवै खाले तरकारीबाली उत्पादन गर्ने भएकाले अभ्यासगत कक्षा लिन सहज भएको विधार्थीहरुले बताएका छन् ।

विदेश छँदा आफ्नो श्रीमान्ले महिनामा २५ देखि ३० हजार घर पठाउन पनि मुश्किल हुन्थ्यो । तर अहिले घरमा सँगै बसेर थालेको कृषि कर्मबाट विदेशमा भन्दा आकार्षक कमाइ गरेको कुमारी अधिकारीले बताउनु भयो । श्रीमती अधिकारीका अनुसार कुनै वेला एक हप्तामा नै ५ देखि ७ लाखसम्मको कारोवार गर्न सफल हुँदा धेरै खुशी लागेको रोजगारी गर्दै आउनु भएकी निरुता राजवंशीले बताउनु भयो । पछिल्लो समय कोरोना कहर पछि झापामा सागसव्जी खेती तर्फ यूवाहरुको आकार्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार झण्डै १० हजार हेक्टर हुने तरकारी खेती पछिल्लो समय १ हजार भन्दा धेरै क्षेत्रमा विस्तार भएको हो । सरकारले अनुदान समेत दिन थाले पछि साना किसानहरु समेत तरकारी खेती तर्फ आकार्षित बन्दै गएको उहाँले बताउनु भयो ।

हजारौं यूवाहरु विदेश पलायन भइरहँदा कृषि व्यवसायबाटै मेहनेत गर्दा राम्रो आम्दानी गर्न अधिकारी सफल बन्नु भएको छ । प्रदेश नम्बर एक मै नमूनाको रुपमा परिचित कृषि फार्मबाट अधिकारी परिवारले अरुका निम्ति समेत उदाहरणीय कृषि व्यवसाय गरेको स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रधानमन्त्री दाहाललाई ९९ प्रतिशत विश्वासकाे मत प्राप्त, प्रतिबद्धता कार्यान्वयमा निकै ठूलो अवसर प्राप्त प्रमकाे भनाइ
Next post गौरादहको नगरसभा शुरु (फाेटाे फिचर)