५९ विश्वासकाे मत ल्याउँदै प्रदेश एकमा कार्की बने मुख्य मन्त्री

२९ पाैष २०७९, विराटनगर– प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउनुभएको छ । प्रदेश सभामा शुक्रबार भएको मतदानमा प्रस्तावको पक्षमा ५९, विपक्षमा ३२ मत परेको थियो ।

प्रदेश १ मा ९३ जना सांसद मध्ये एक जनाकाे उपस्थिती हुन सकेन ।  एमाले संसदीय दलका नेतासमेत रहनुभएका कार्की पुस २४ गते एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

प्रदेश १ मा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनमत र जसपाका एक–एक सांसद छन्। ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ । केन्द्रीय सरकारले अालाेपालाे सरकार गर्ने भने पछि माअाेवादी केन्द्र पनि सरकारमा सहभागी भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post खेलाडी लामिछानेलाई धरौटीमा छाड्न आदेश
Next post क्रिकेट खेलाडी लामिछाने थुनामुक्त