
आगलागीबाट दमककाे मुख्य बजारकाे ५ वटा पसल खरानी बन्याे
१ माघ २०७९/झापा
झापाको दमकमा विधुत सर्ट भइ आगलागी हुँदा ५ वटा पसल पूर्णरुपमा जलेर खरानी बनेका छन् । दमकको मुख्य बीच बजार वडा नं. ६ को नमूना मार्गको राजु श्रेष्ठको जुत्ता चप्पल पसलबाट विहान साढे ३ बजे तिर आगलागी भएको हो । ३ घण्टाको प्रयासमा ५ वटा दमकलको सहयोगमा प्रहरी, स्थानीय समेत जुटेर आगो नियन्त्रणमा लिइएको छ । आगलागीमा परेर संगीता श्रेष्ठ, विजय श्रेष्ठ, कृष्ण न्यौपाने, पुनम घिमिरेको कपडा तथा कस्मेटिक पसल जलेका छन् । आगो नियन्त्रण गर्नेक्रममा अन्य केही पसल भत्काइएका छन् । आगलागी नियन्त्रणका लागि दमक, कमल, गाैरादह, उर्लाबारी, पथरी शनिश्चरे पालिकाबाट दमक आएका छन् । आगलागीमा परेर करोड भन्दा धेरैको क्षति भएको अनुमान गरिए पनि यकिन विवरण भने आँउन बाँकी रहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।
More Stories
२५ प्रतिशतले छुर्पी निर्यात घट्योः ७ महिनामा ६७ कराेड मुल्यकाे छुर्पी निर्यात
१० चैत्र २०८१/झापा दुधबाट बनाइने छुर्पीको निर्यातमा यो बर्ष गिरावट आएको छ । केही बर्ष देखि लगातार निर्यात बृद्धि हुँदै...
शिवसताक्षी समितिमा माओवादी केन्द्रका अध्यक्षमा नेम्बाङ सर्वसम्वत चयन
देश विकासमा राजा नभइ जनताकाे सामुहिक कार्य नै उत्तम हुने १० चैत्र २०८१, झापा– नेकपा ( माओबादी केन्द्र) शिवसताक्षीको दोश्रो...
निर्माण पुरा नहुँदै कन्काइ पुल मर्मतः भारवहन क्षमता परिक्षण गरिने (फाेटाे फिचर)
३ चैत्र २०८१/डिकेश लामा झण्डै ढेड दशक अघि निर्माण थालिएको झापाको हुलाकी सडकमा पर्ने कन्काई नदिको पुल निर्माण पुरा नहुँदै...
झापामा हर्साेल्लासका साथ हाेली सम्पन्नः ३ सय बढी सवारी होलीमा नियन्त्रण (फाेटाे फिचर)
१ चैत्र २०८/झापा झापा जिल्लामा होली पर्वमा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय २९ वटा सवारी साधान नियन्त्रणमा लिइएको छ...
झापाकाे कमलमा बारीबाटै विक्री हुन्छ नयाँ स्वादको बयर (फाेटाे फिचर)
२९ फाल्गुण २०८१/डिकेश लामा फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापामा रेड एप्पल नामको बयर...
स्थानीय कृषि बाली प्रवर्धनका लागि दमकमा कृषि बजार उद्घाटन
२८ फाल्गुण २०८१/झापा झापाको दमकमा प्रदेश र स्थानीय सरकारको ६ करोड रुपयाँ बजेटमा निर्माण गरिएको जैविक बजार निर्माण थालेको ५...