यति एयरलाइन्सकाे जहाज दुर्घटना उद्दार जारीः ३२ वटा लाश संकलन

१ माघ २०७९,पाेखरा – पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानका घाइतेहरुको उद्धार कार्य जारी छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएका कर्मचारी र नेपाली सेना र प्रहरीसहित स्थानीयहरुले दुर्घटनामा परेका घाइतेहरुको उद्धार गरिरहेका छन् । बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार थिए । ६८ यात्रुमध्ये ३/३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो । पोखरा अन्तराष्ट्रिय विमानस्थलले उद्धार कार्य जारी रहेको र घटनामा के कति क्षति भएको एकिन हुन बाँकी रहेको जनाएको छ ।

याे समाचार तयार पार्दै गर्दा पोखरामा भएको विमान दुर्घटना स्थलबाट ३२ जनाको शव संकलन गरिएको रेस्क्यू काेडिनेटर सेन्टरले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार उदार टाेली परिचालन गरी अावश्यक उद्धार जारी छ । आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोंचमा विमान दुर्घटना भएको थियो । सेती नदिकाे किनाराकाे खाेँचमा दुर्घटना भएकाले उद्दारमा समस्या रहेकाे छ  । विमानमा ६८ यात्रुसहित ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए । जहाज खाेंचमा खसेकाले जहाजमा लागेकाे अागाे नियन्त्रणमा समस्या भएकाे छ । जसले गर्दा जहाजमा सवार सवैकाे मृत्यु हुन सक्ने संभवना रहेकाे उद्दारमा खटेका नेपाली सेनाकाे टाेलीले जानकारी दिएकाे छ ।

यस अघि २०७४ मा काठमाण्डाैंमा यूएस वंगाल जहाज दुर्घटना हुँदा ५२ जनाकाे मृत्यु भएकाे थियाे भने २२ जनाकाे जिवित नै उद्दार गरिएकाे थियाे ।

लाइभ भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आगलागीबाट दमककाे मुख्य बजारकाे ५ वटा पसल खरानी बन्याे
Next post जहाज दुर्घटनाका कारण भोलि एक दिन शोक बिदा दिने सरकारको निर्णय