दमक उद्योग बाणिज्य संघको निर्वाचन सम्पन्नः ८४ प्रतिशत मतदान (फाेटाे फिचर)

६ माघ २०७९/दमक

झापाको व्यापरिक केन्द्रको रुपमा स्थापित बन्दै गएको दमक बजारमा बाणिज्य संघको निर्वाचन आज सम्पन्न भएको छ । हरेक ३ बर्षमा भदौ महिनामा हुने निर्वाचनमा यस पटक देखि जाडो मौषममा शुरु गरिएको छ । अध्यक्ष सहित लेखा समिति सहित २४ जनाको उम्मद्वारीमा दुई वटा प्यानल बनाएर निर्वाचनमा लडेका छन् । लोकतान्त्रिक प्यानलको तर्फबाट अध्यक्षमा गोपाल गुँरागाईं र सत्तासीन राजनैतिक दलको तर्फबाट विमल खतिवडा चुनावी मैदानमा उत्रिएका छन् । यस अघि महिला उपाध्यक्ष पदमा निर्विराेध भइसकेकाे छ ।

दमकको वडा नं. ७ को कार्यालय परिसरमा भएको निर्वाचनमा १ हजार ६ सय ८९ जनाले मतदान गरेका छन् । २ हजार १६ जना मतदाता रहेको संघको निर्वाचनमा ८४ प्रतिशत मत खसेको निर्वाचन समितिका सदस्य घनश्याम न्यौपानेले बताउनु भयो । निर्वाचनको परिणाम भोलि विहानसम्म आउने निर्वाचन समितिका संयोजक लिला गुरागाँईले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पाेखरामा हवाइ दुर्घटनापछि यात्रु घटेसँगै भाडा पनि घट्यो
Next post दमक उद्योग बाणिज्य संघमा लोक तान्त्रिक प्यानल विजयी